काठमाडौं। सत्तारूढ दल नेकपा एमालेले संविधानसभाबाट जेठ १५ मा संविधान जारी गर्ने गरी प्रक्रिया अघि नबढाइए नेपाली कांग्रेस नेतृत्वको सरकारमा बसिरहनुको औचित्य नहुने ठहर गरेको छ। एमाले मुख्यालय बल्खुमा सोमबार बसेको स्थायी कमिटी बैठकले कांग्रेससँग नयाँ मार्गचित्रसहित संविधान निर्माण प्रक्रियामा अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ।
संविधान निर्माणमा भन्दा कांग्रेस पार्टी महाधिवेशनमा बढी केन्द्रित भएको समीक्षा गर्दै एमालेले संविधान निर्माण र सत्ता साझेदारीमा नयाँ सम्झौता आवश्यक रहेको औंल्याएको छ । एक वर्षअघि माघ ८ मा संविधान जारी गर्ने गरी कांग्रेससँग सम्झौता गरेको भन्दै एमालेले पुरानै सहमतिअनुसार नयाँ परिस्थितिमा अघि बढ्न नसकिने एमालेले जनाएको छ ।
एमालेले सहमति हुने भए पनि कसरी र कति समयमा हुने तथा बहुमतीय प्रक्रियामा जाने भए कसरी भन्ने विषयमा सत्तारूढ दलहरू स्पष्ट हुनुपर्ने निष्कर्ष निकालेको छ । संविधानसभा अनिर्णयको बन्दी बन्न लागेको भन्दै एमालेले सुरु गरिएको प्रक्रियालाई अलपत्र बनाउन नहुने पनि जनाएको छ ।
एमालेले सहमतिका लागि अर्को मिति बिना नै स्थगित गरिएको संविधानसभाको बैठक २० दिन स्थगित हुँदा पनि वार्ता शुरु नहुँदा त्यसप्रति चिन्ता व्यक्त गरेको छ।
अहिलेको अवस्था लम्ब्याउँदा झनै जटिलता उत्पन्न हुने भन्दै एमालेले संविधानसभाले संविधान निर्माण प्रक्रिया अघि बढाउनुपर्ने जनाएको छ ।
सरकारको नेतृत्वकर्ताका साथै सबैभन्दा ठूलो दलको हैसियतमा पनि अबको बाटो कांग्रेसले निर्धारण गर्नुपर्ने भन्दै एमालेले मंगलबार कांग्रेससँग निर्णायक वार्ता गर्ने पनि निर्णय गरेको छ। संविधान निर्माण प्रक्रिया अघि बढाउन कांग्रेस तयार नभए सरकारबाट बाहिरिनु परे पनि तयार रहने एमालेले निर्णय गरेको छ । आइतबार बसेको दुईदलीय बैठकले आगामी बाटो निर्धारण गर्न मंगलबार कांग्रेस र एमालेको बैठक गर्ने सहमति गरेको थियो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आइतबार कांग्रेस र एमालेबीच भएको बैठकबारे जानकारी गराउँदै कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइराला दलीय सहमतिका नाममा संविधान निर्माण कार्य केहीसमय लम्ब्याउने पक्षमा रहेको सुनाएका थिए ।

बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान