काठमाडौं। सरकारले आन्तरिक सुरक्षाका लागि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ३० दलीय मोर्चा चुनौति भएको जनाएको छ।
उप प्रधानमन्त्री समेत रहेका गृहमन्त्री बामदेव गौतमले व्यवस्थापिकाको राज्य व्यवस्था समितिलाई सोमबार यस्तो जानकारी गराएका हुन्। त्यसैगरी गौतमले विभिन्न धार्मिक, जातीय संघसंस्थाहरु अहिले सुरक्षा चुनौतीका रूपमा रहेको जनाए । 
‘संविधान लेखनका सम्बन्धमा विमति भएपछि एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाको विरोध कार्यक्रम जारी रहनु, संविधानसभाबाट संविधान जारी हुन नदिने समूहसँग गठबन्धन देखिनु सुरक्षा चुनौतीका विषय हुन्,’ गृहमन्त्री गौतमले व्यवस्थापिका संसदको राज्यव्यवस्था समितिमा भने, ‘मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीबाट भइरहेका विभिन्न क्रियाकलाप पनि सुरक्षा चुनौती हुन् ।’
सरकारले लिम्बुवान समूहका विरोध कार्यक्रम, कट्टर हिन्दुवादी र राजतन्त्रवादीको क्रियाकलाप, राप्रपा नेपाल, सनातन हिन्दु राष्ट्र महाअभियान (खुमबहादुर खड्का), बौद्धिक सनातन हिन्दु राष्ट्र नेपाल संस्थागत संयुक्त संघर्ष समिति, शिव सेना नेपाल लगायत १२ वटा धार्मिक संघसंस्थाको अभियानलाई पनि सुरक्षा चुनौतीका रूपमा लिएको छ।
यस्तै, सिके राउत, जेपी गुप्ता र मातृका समूहको गतिविधि, अखण्ड पश्चिम अभियान र खुला सिमानाको संवेदनशीलतालाई पनि सरकारले सुरक्षा चुनौतीका रूपमा देखेको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते