लण्डन । कोरोना भाइरसको संक्रमणका कारण लकडाउन र कर्फ्यु लगाइएका इङ्ल्याण्डका उत्तर पूर्वी र उत्तर पश्चिमी क्षेत्रहरु भन्दा लण्डन दुई वा तीन दिन मात्र पछि रहेको भाइरस संक्रमणको विश्लेषकहरुले बताएका छन् ।
स्काइ न्युजका अनुसार संक्रमणको विस्तारमा ती क्षेत्रहरुलाई लण्डनले भेट्टाउनै लागेको छ ।
विश्लेषकहरुले केही दिनअघि गरेको विश्लेषणमा ती क्षेत्रहरुको दाँजोमा लण्डनमा संक्रमण फैलन दुई साता लाग्ने बताइएको थियो । तर पछिल्लो समयमा लण्डनमा ह्वात्तै संक्रमण बढेको पाइएको छ ।
भाइरस संक्रमणको आक्रामक अवस्था थाहा पाएपछि लण्डनका मेयर सादिक खानले सरकारलाई तत्काल नियन्त्रणकारी कदम चाल्न अनुरोध गरेका छन् । उनले रेष्टुरेन्ट तथा बारहरुको खुल्ने समय कटौती गर्न सुझाव दिएका छन् भने घरैबाट काम गर्न मिल्नेहरुलाई कार्यालय नआउन पनि उनले सुझाएका छन् ।
लण्डनमा यससाता (सेप्टेम्बर ११ सम्ममा)२ हजार २८९ कोरोना संक्रमित भेटिएका छन् जबकि अगिल्लो साता जम्मा १ हजार ८२२ जना मात्र संक्रमित थिए ।
लण्डनभित्र रेडब्रिज बोरोमा प्रति एक लाख मानिसमा ३९दशमलव २ कोरोना पोजिटिभ भेटिएको छ भने हाउन्स्लो मा ३७ दशमलव ३ र इनफिल्डमा ३० दशमलव ६ भेटिएको छ ।
तर लण्डनका कुनै पनि बोरोमा हालसम्म लकडाउन गरिएको छैन। जबकि प्रति एक लाख मानिसमा ३९ दशमलव ५ पोजिटिभ केस भेटिएको काउन्टी डर्हममा स्थानीय लकडाउन लगाइसकिएको छ ।
कोरोना संक्रमणको दर प्रति १ लाख मानिसमा ४० भन्दामाथि जानासाथ सरकारले लकडाउन लगाउने गरेको छ ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर