लण्डन । बेलायती विदेश मन्त्री डोमिनिक रावका अंगरक्षकले प्लेनमै पेस्तोल छोडेपछि कारबाहीमा परेका छन् ।
बीबीसीका अनुसार उनले शुक्रबार हिथ्रो एयरपोर्टमै पेस्तोल छोडेका थिए र पछि सरसफाइ कर्मचारीले फेला पारेपछि प्रहरीले सो पेस्तोल लगेको थियो ।
राव अमेरिकी नेताहरुसँग ब्रेक्जिट बारेमा कुराकानीपछि युनाइटेड एयरलाइन्सको उडान हुँदै बेलायत आएका थिए ।
महानगरीय प्रहरीले सो घटनाका बारेमा आन्तरिक छानविन गरिने बताएको छ ।
रावका अंगरक्षकलाई अहिले सो जिम्मेवारीबाट हटाइएको प्रहरीले बताएको छ ।
यसअघि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनका अंगरक्षकले पनि हतियार प्लेनको ट्वाइलेटमा छाडेका थिए।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश