लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा कोरोना भाइरसको दोस्रो लहर (वेभ) आउन सक्ने भन्दै अहिलेकै अवस्थामा पनि यो लहर आइसकेको अनुभव गर्न थालिएको बताउनुभएको छ ।
उहाँले शुक्रबार सो विषयमा सार्वजनिक जानकारी नै दिनुभएको हो । साथै उहाँले भन्नुभएको छ कि अहिलेको अवस्थामा नै हामीले दोस्रो लहरको महसुस गरिसकेका छौँ र हामीलाई लाग्छ हामीले अब सामाजिक दुरी कायम गर्नुपर्ने अलिक कडा खालका प्रतिबन्धहरु पनि लगाउनुपर्ने हुनसक्छ ।
बेलायतको स्वास्थ्य तथा सामाजिक व्यवस्था मन्त्रालयले पनि यस विषयमा जानकारी दिएको छ । सो विभागले केही हप्तायताको अवस्था निकै नै नाजुक बन्दै गएको बताएको छ । सो मन्त्रालयले गएको २४ घन्टा यता यहाँ ४ हजार ३२२ जना सङ्क्रमित भेटिएको जनाएको छ । यो संख्या गएको मे महिनापछिकै एकै दिनमा देखा परेको सबैभन्दा ठूलो संख्या हो ।
यसअघि नै बेलायती वरिष्ठ चिकित्सक तथा वैज्ञानिकहरूले प्रधानमन्त्री बोरिस जोन्सनलाई यो वर्ष जाडोयाममा कोरोना भाइरसको दोस्रो लहर (वेभ) आउन सक्ने बताएका थिए । उनीहरुले यहाँ दोस्रो पटक भाइरसको वेभ आउन सक्ने भन्दै त्यस खतरासँग जुध्नका लागि आवश्यक तयारीका साथ बस्न भनेका हालै बताइएको थियो ।
बेलायत सरकारद्वारा गठित एउटा वैज्ञानिक समितिले बेलायतमा आउँदो जाडोयाममा कोरोना भाइरस (कोभिड–१९) का कारण स्थिति झन् भयावह हुने चेतावनी दिएको समाचारमा जनाइएको थियो ।
तर कतिपयले भने गत महिनामात्र सार्वजनिक भएको सो प्रतिवेदनको अनुमान विश्वास गर्न नसकिने खालका रहेको र यसले पहिलो सङ्क्रमण लहरबाट पहिलेको भन्दा बढी असर नगर्ने जनाएका थिए ।
प्रधानमन्त्री जोन्सनले भन्नुभएको छ यो अवस्था निकै नै खराब हो र अब यो दोस्रो पटक आएको लहरको नियन्त्रणका लागि हालको भन्दा कडा अवस्थाको प्रतिबन्धहरु लगाउनुपर्ने हुनसक्छ ।
तर बेलायतले कस्तो प्रकारको प्रतिबन्ध लगाउन सक्छ भन्ने बारेमा भने केही बताउनुभएको छैन ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर