एडमिरल सिइओले दिए कर्मचारीलाई १० मिलियन पाउण्ड

तस्वीर बीबीसी

लण्डन । कार इन्स्योरेन्स कम्पनी एडमिरलका सेवाकाश लिँदै गरेका प्रमुख कार्यकारी अधिकृत डेभिड स्टिभन्स र उनकी श्रीमतीले कर्मचारीहरुलाई १० मिलियन पाउण्ड धन्यवादस्वरुप उपहार दिएका छन् ।

बीबीसीका अनुसार सो रकम एडमिरलका १० हजार ५०० कर्मचारीलाई दामासाहीले दिइने छ । जसमा पूर्णकालिन कर्मचारीले जनही १ हजार पाउण्ड र आंशिक कर्मचारीले जनही ५००पाउण्ड पाउने छन् ।

स्टिभन्सले सन् १९९१मा श्रीमतीसित मिलेर वेल्समा मोटर इन्स्योरेन्स कम्पनी स्थापना गरेका थिए । उनले आफ्ना कर्मचारीसित काम गर्न पाउनु अहोभाग्य भएको बताएका छन् । आफ्ना कर्मचारीहरुलाई यसरी धन्यवाद दिनुलाई उनले उचित कार्य भएको पनि उल्लेख गरे।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री