जेनेभा । अन्तर्राष्ट्रिय फुटबल सङ्गठन (फिफा) ले बिहीबार पुरुष फुटबल विश्व बरियता क्रमलाई छ महिनापछि पहिलो पटक सार्वजनिक गरेको विवरण अनुसार बेल्जियमले अपरिवर्तित शीर्ष चारमा अग्रणी स्थान बनाउन सफल बनेकोे छ ।
कोभिड–१९ महामारीको कारण छ महिनाभन्दा बढीको अन्तरालपछि अन्ततः अन्तराष्ट्रिय खेलहरू खासगरी यूरोपमा सेप्टेम्बरको सुरूमा पुनः सञ्चालन हुँदैछन् । यूईएफए नेसनल लीग खेल अवरुद्ध रहँदा फुटबलको विश्व बरियता क्रम निर्धारणसमेत प्रभावित बनेको थियो ।
तर अग्रणी चारमा कुनै परिवर्तन भएको छैन । बेल्जियम, फ्रान्स, ब्राजिल र इङ्गल्याण्ड क्रमशः शीर्ष चार स्थानमा नै रहेका छन् ।
पोर्चुगल पहिलो पाँचौँ स्थानमा पुग्न सफल भएको छ भने क्रोएशिया आठौँ र स्वीडेन अठारौँ बरियता क्रममा रहेका छन् ।
एसियाली मुलुकहरू जापान २८ औँ र चीन ७६ औँ स्थानमा रहेका छन् ।
अन्य देशहरूमा स्पेन पहिलेभन्दा एक स्थान माथि सातौँ र इटाली पनि पहिलेको तुलनामा एक स्थान माथि १२ औँ स्थानमा रहेको छ भने नेदरल्याण्ड्स १३ औं स्थानमा रहेको छ । जर्मनी पहिलेभन्दा एक स्थानमाथि १४ औं क्रममा रहेको छ ।
यो अवधिमा रूसले सबैभन्दा ठूलो उपलब्धी हाँसिल गर्दै छ स्थान माथि उक्लँदै ३७ बाट ३१ औँ स्थानमा पुगेको छ भने हङ्गेरी ५२ औँ स्थानमा रहेको छ ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक