काठमाडौँ । विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा आज जारी नयाँ वरियतामा नेपाल १७०औँ स्थानमा यथावत रहेको हो । गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो ।
त्यस्तै नेपाल दक्षिण एशियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । एक स्थान घटुवा भएको भारत १०९औँ स्थानमा छ भने माल्दिभ्स १५५औँ स्थानमा रहेको छ ।
नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेका छन् । भुटान १८९औँ, बङ्गलादेश १८७औँ, श्रीलङ्का २०६औँ र पाकिस्तान २००औँ स्थानमा रहेका छन् ।
नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ भने फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा पोर्चुगल पाँचौ स्थानमा रहेका छन् । पोर्चुगल भने दुई स्थान उक्लिएर पाँचौ स्थानमा पुगेको हो ।
एक स्थान झरेको उरुग्वे छैटौँ, स्पेन सातौँ, क्रोएशिया आठौँ, अर्जेन्टिना नवौँ र कोलम्बिया दशौँ स्थानमा रहेका छन् ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक