अल्डरसट (बेलायत)।प्रथम भिक्टोरिया क्रस (भीसी) विजेता गोरखा सैनिक कुलवीर थापामगरको शालिक निर्माणको लागिका सामाजिक अभियन्ता शुशिला राई र नरेन्द्रकुमार राईले एक हजार १५ पाउण्डको प्रतिवद्धता व्यक्त गरेका छन । गैरआवासीय नेपाली संघ(एनआरएनए) यूके आईसिसि सदस्य राई र उनका श्रीमान् राईले मंगलबार एक हजार १५ पाउण्डको आर्थिक सहयोगको प्रतिवबद्धता व्यक्त गरेका छन । किरॉंत राई यायोख्खा यूकेका केन्द्रीय सदस्य राई र आईसिसि सदस्य राईद्वय अभियन्ता समेत हुन ।
राजनीतिज्ञ स्वर्गीय रामप्रसाद राईको पारिवारिक पृष्ठभूमिका हुर्किएकी श्रीमति राईको संयोजनमा गत बर्ष नेपालका तराई क्षेत्रका बाढी पीडितलाई आर्थिक वितरण गरिएको थियो । सामाजिक अभियन्ता तथा एनआरएनए आईसिसि सदस्य राईले थापाको शालिक निर्माणमा सहयोग गर्न पाउँदा खुशि लागेको बताइन् । बेलायतको मिनी नेपाल मानिने अल्डरसटमा बन्न लागेको प्रथम भिक्टोरिया क्रस (भीसी) विजेता गोरखा सैनिक कुलवीर थापामगरको शालिक निर्माणको लागिका सहयोग आउने क्रम जारी छ ।
गोरखा मेमोरियल प्रोजेक्टका प्रवक्ता ओमप्रसाद थापाका अनुसार शालिक निर्माणका लागि करिब १ लाख २५ हजार पाउण्ड लागत लाग्ने अनुमान गरिएकोमा छोटो समयमै आधा भन्दा बढी रकमको प्रतिवद्धता प्राप्त भएको छ ।
नेपाल–बेलायत सम्बन्धको सेतुका रुपमा रहेका गोरखाहरुको योगदानका बारेमा बेलायतका नेपालीको आगामी पुस्तालाई जानकारी दिन प्रतीकस्वरुप सो शालिक निर्माण गर्न लागिएको थापाले बताए ।
शालिक राख्नका लागि स्थानीय ग्रेटर रसमुर नेपलिज कम्युनिटीले सन् २०१५ देखि काउन्सिलसित अनुरोध गर्दै आएकोमा रसमुर काउन्सिलले अनुमति दिएको छ । काउन्सिलले अल्डरसट हाइस्ट्रिटको प्रिन्सेस गार्डेनमा सो शालिक राख्ने अनुमति दिएको हो ।
काउन्सिलले सो क्षेत्रको सुरक्षाका साथसाथै शालिकको मर्मतसम्भार र हरेक वर्ष परेडसमेत आयोजना गर्ने आस्वासन दिएको थापाले जानकारी दिए । तर शालिक बनाउन लाग्ने खर्च भने बेलायतका नेपाली समुदायबाटै उठाइने उनले बताए । “यो बेलायतबासी नेपालीहरुको लागि गौरवको योजना हो । त्यसैले नेपालीहरुबाटै बाँकी पैसा उठ्ने पूर्ण विश्वास छ ।”
गत फेब्रुअरीदेखि मात्र काम शुरु गरेको प्रोजेक्टले कोरोनाको महामारीकै बीच करिब २५ हजार पाउण्ड संकलन गरिसकेको छ । १ हजार पाउण्डभन्दा माथि चन्दा दिनेहरुको नाम शालिकसँगैको शिलालेखमा राखिने भएपछि यस्तो ऐतिहासिक काममा सरिक हुन नेपाली संघसंस्था र समाजसेवी व्यवसायीहरुले जागरुकता देखाएका छन् । प्रोजेक्टले एकैपटक चन्दा दिन असमर्थहरुका लागि छ महिनामा किस्ता गरेर तिर्न सकिने पनि बताईएको छ ।
प्रोजेक्टको मुख्य कार्यका रुपमा रहेको मूर्ति निर्माणका लागि आर्ट काउन्सिलबाट स्वीकृति मिलिसकेको छ भने प्रतिष्ठित कलाकार एमी गुडम्यानले भिसी कुलवीर थापाको मूर्ति बनाउने जिम्मा पाएकी छिन् । उनले बनाएका मूर्तिहरु विभिन्न स्थानमा प्रतिस्थापन भइसकेका छन् भने उनको कलाको प्रदर्शनी पनि भइसकेको छ । पूर्ण कदको मूर्ति बनाउन करिब ६६ हजार पाउण्ड लाग्ने बताइएको छ ।
प्रशस्त चन्दा संकलन भएमा शालिकसँगै चौतारा बनाउने र त्यसमा चन्दादाताहरुको नामावली, भिसी कुलवीर थापाको संक्षिप्त जीवनी लेख्ने प्रोजेक्टको योजना छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश