काठमाडौँ। नेपालमा गत २४ घण्टामा एक हजार ५३९ मा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या जम्मा एक हजार ६८ रहेको जानकारी दिनुभयो ।
गौतमका अनुसार हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ४१ हजार ७०६ छ । संंस्थागत आइसोलेसनमा रहनुभएका व्यक्तिको सङ्ख्या आठ हजार ६४१ रहेको छ भने होम हाइसोलेसनमा बस्नेको सङ्ख्या सात हजार ७०१ जना छन् । “पछिल्लो २४ घण्टामा १० हजार ४९४ जनामा पिसिआर परीक्षण भएको छ । हालसम्म आठ लाख ७२ हजार २७४ जनामा कोरोना परीक्षण गरिएको छ । क्वारेटिनमा रहनुभएका व्यक्तिको सङ्ख्या सात हजार ८२० रहेका छ”, प्रवक्ता गौतमले भन्नुभयो ।
प्रवक्ता गौतमले कोभिड–१९ मुक्त हुने दर ७१.५ प्रतिशत रहेको जानकारी दिनुभयो । उहाँका अनुसार पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा मोरङ, सिरहा, सुनसरी, मकवानपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही रहेका छन् । त्यस्तै शून्य सङ्क्रमित भएका जिल्ला सोलुखुम्बु, मुस्ताङ, म्याग्दी, डोल्पा, हुम्ला र मुगु रहेका छन् । गत २४ घण्टामा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या आठ रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३७९ जना पुगेको छ ।
आजसम्मको तथ्याङ्क हेर्दा विश्वमा दुई कुरोड ९७ लाख ३४ हजार १०४ व्यक्तिमा कारोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये निको हुनेको सङ्ख्या दुई करोड १५ लाख ४६ हजार ४५६ रहेको छ । हालसम्म देशभरि जम्मा सङ्क्रमितको सङ्ख्या १६ हजार २४२ छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते