काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा एक हजार १३ पुरुष र ४४६ महिला गरी एक हजार ४५९ कोरोना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी काठमाडौँमा ५५५ जना कोरोना सङ्क्रमित फेला परेका छन् ।
दश हजार ३७५ नमूना परीक्षण गर्दा सिरहामा १६२, मोरङमा १११, मकवानपुरमा ८७, भक्तपुरमा ८६, रुपन्देहीमा ५१, ललितपुरमा ३५, बाँकेमा २७, दाङ र रौतहटमा २६/२६, सप्तरीमा २४, सुर्खेतमा २३, नवलपरासी पूर्वमा २१, सुनसरीमा १७, पाल्पामा १६, स्याङ्जामा १४, कैलाली र डोटीमा ११/११, तनहुँ र महोत्तरीमा नौ/नौ तथा बैतडी, कञ्चनपुर र काभ्रेपलाञ्चोकमा आठ/आठ सङ्क्रमित थपिएका छन् ।
यस्तै, कास्कीमा सात, धनुषा र झापामा छ/छ, गोरखा र दोलखामा पाँच/पाँच, लमजुङ, धादिङ र सर्लाहीमा चार/चार, दार्चुला, नवलपरासी, अर्घाखाँची, गुल्मी र बारामा तीन/तीन, बझाङ, दैलेख, सल्यान, रामेछाप, सिन्धुपाल्चोक र नुवाकोटमा दुई/दुई, बर्दिया, मनाङ, पर्सा, मोरङ, खोटाङ, ताप्लेजुङ, पाँचथर, भोजपुर र सङ्खुवासभामा एक/एक जना सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५६ हजार ७८८ पुगेको छ । १५ हजार ७७९ सक्रिय सङ्क्रमितमध्ये सात हजार ६४० होम आइसोलेसन र आठ हजार १३९ संस्थागत आइसोलेनमा छन् । यस्तै, सात हजार २५० क्वारेन्टिनमा रहेका छन् ।
मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, चितवन, मकवानपुर र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने सोलुखुम्बु, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्लामा सक्रिय सङ्क्रमित छैनन् । पछिल्लो २४ घन्टामा एक हजार ६२ जना कोरोनामुक्त भएका छन् । यससँगै कोरोना निको हुनेको सङ्ख्या ४० हजार ६३८ पुगेको छ । कोरोना निको हुनेको प्रतिशत ७१.५ छ ।
प्रदेश १ मा पाँच, प्रदेश २ मा नौ, वाग्मती प्रदेशमा १२३, गण्डकी ६, प्रदेश ५ मा २२ र कर्णाली प्रदेशमा नौ सङ्क्रमितको आइसियूमा उपचार भइरहेको छ । यस्तै प्रदेश १ मा एक, वाग्मती प्रदेशमा २५, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा एक/एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा चार महिला र सात पुरुष गरी ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । कोरोनाबाट बाराका ५५ वर्षीया महिला र ५५ वर्षीय पुरुषको ज्यान गएको छ । यस्तै सर्लाहीका ६४ वर्षीय पुरुष, काठमाडौँका ८६ वर्षीया महिला तथा ३४ वर्षीय, ९६ वर्षीय र ६६ वर्षीय पुरुष, मकवानपुरका ६१ वर्षीय पुरुष, रुपन्देहीको ६४ वर्षीया महिला र कपिलवस्तुको ५८ वर्षीय पुरुषको कोरोनाका कारण निधन भएको छ ।
यससँगै कोरोनाबाट निधन हुनेको सङ्ख्या ३७१ पुगेको छ । कुल सङ्क्रमितको ०.६५ प्रतिशतको कोरोनाका कारण ज्यान गएको छ । विश्वभर कोरोना भाइरसबाट दुई करोड ९४ लाख ५० हजार १९३ जना प्रभावित भएका छन् । कोरोनाबाट नौ लाख ३२ हजार ८११ जनाले ज्यान गुमाएका छन् भने दुई करोड १२ लाख ८१ हजार ८५ जना निको भएका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते