स्याङ्जा । कोरोना सङ्क्रमणका कारण बाबुको मृत्यु भएपछि छोराले काजक्रिया समेत गर्न पाएनन् । पुतलीबजार नगरपालिका—१४ स्थायी घर भई पुतलीबजार—१ मा बस्दै आएका ८५ वर्षीय एक वृद्धको पोखरामा उपचारका क्रममा शनिबार मृत्यु भएपछि मृत्कका ४८ वर्षीय छोरा बाबुको काजक्रिया गर्नबाट समेत वञ्चित हुनुभएको हो ।
लामो समयदेखि दमको बिरामी रहेका बाबुलाई उपचारका लागि यही भदौ २१ गते पोखरा लिएर जानुभएका छोराले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर रेखदेखमा खटिनुभएको थियो । बाबुको उपचार चलिरहेकै समयमा भदौ २२ गते छोराको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि बाहिरी रेखदेखका लागि आफन्तका भरमा अस्पतालमै छाडेर चिकित्सकको सल्लाहमा जिल्ला फर्किएर स्थानीय कालिका सामुदायिक अस्पताल हेलुको आइसोलेसनमा रहनुभएका छोरा बाबुको मृत्यु भएपछि थप पीडामा पर्नु भएको छ भने काजक्रिया गर्नबाट समेत वञ्चित हुनुपरेको छ ।
मृृतकको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङको काम शुरु गरिएको र परिवारका सदस्यको स्वाब सङ्कलनको तयारी गरिएको पुतलीबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद काफ्लेले जानकारी दिनुभयो । मृतकका दुई छोरामध्ये एक जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकाले आइसोेलेसनमा रहेको तथा अर्का छोरा रोजगारीका लागि भारत गएको र उहीँ क्वारेन्टिनमा रहेकाले आफन्तले बाबुको क्रिया गर्नुपर्ने अवस्था रहेको नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीले बताउनुभयो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते