लण्डन । बेलायतमा कोरोना संक्रमण बढेर चार महिना यताकै उच्च विन्दूमा पुगेको छ ।
दैनिक संक्रमणको तथ्यांकअनुसार शुक्रबार गत चार महिनायताकै सबैभन्दा धेरै संख्यामा संक्रमित भेटिएका छन् । शुक्रबार युकेमा ३ हजार ५३९ नयाँ संक्रमित भेटिएका छन् । जबकि विहीबार सो संख्या २ हजार ९१९ रहेको थियो आजको संख्या हिजोको भन्दा आजको संक्रमित संख्या ६२० जनाले बढी छ । । नयाँ संक्रमितहरुमा इङल्याण्डमा ३ हजार १४३, स्कटल्याण्डमा १७५, वेल्समा १३३ र नर्देन आयरल्याण्डमा ८८ जना छन् ।
यसअघि गत १७ मेमा बेलायतमा ३ हजार ५६२ संक्रमित पाइएका थिए ।
यसैगरी शुक्रबार ६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । यससँगै कोरोनाबाट युकेमा ज्यान गुमाउनेको संख्या ४१ हजार ६१४ पुगेको छ ।
जनस्वास्थ्य इङल्याण्डकी भेट डोयलले संक्रमण युवाहरुमा मात्र सीमित नरहेको, वृद्धहरु र जोखिममा रहेका समूहसित समेत फैलिएको बताएकी छिन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा