लण्डन । बेलायतको संसदीय समितिले सरकारलाई फर्लो योजना लम्ब्याउन सुझाव दिएको छ ।
सरकारले ठूलो संख्यामा हुने बेरोजगारीलाई कम गर्न फर्लो योजना ल्याएको थियो र अक्टोबरको अन्त्यदेखि सो योजना समाप्त हुँदैछ ।
संसदको ट्रेजरी सेलेक्ट कमिटीले फर्लो योजना अन्त्य गर्दा ठूलो संख्या लामो समय बेरोजगार हुने र व्यापारिक फर्महरुमा असर पार्ने भएकाले फर्लो अन्त्य गर्ने योजनामा विचार गर्न सरकारलाई सल्लाह दिएको छ ।
सो योजनाअन्तर्गत निजी क्षेत्रका कामदारहरुले आफ्नो तलवको ८० प्रतिशत र मासिक २ हजार ५०० पाउण्डसम्म सरकारबाट पाउँदै आएका छन् । यही सेप्टेम्बरदेखि सो योजनामा सरकारले ७० प्रतिशत र अक्टोवरमा ६० प्रतिशत मात्र दिन थालेको छ ।
अर्थ मन्त्रालयले संसदीय समितिको सुझावको प्रतिक्रियामा मन्त्रालयले रोजगार र आयलाई सहयोग गर्ने सृजनात्मक योजनाहरु निरन्तर कायम गरिने बताएको छ ।
यसअघि बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अर्थमन्त्री ऋषि सुनाकले अक्टोबरदेखि फर्लो योजना अन्त्य गर्ने बताएका थिए ।
समितिका सभापति मेल स्ट्राइडले अर्थमन्त्रीले सावधानीपूर्वक फर्लो योजना लम्ब्याउनु पर्ने बताएका छन् ।
बेलायतको बेरोजगार दर ३ दशमलव ९ प्रतिशत रहेको छ र बैँक अफ इङल्याण्डका अनुसार यस वर्षको अन्त्यसम्ममा ७ दशमलव ५ प्रतिशतसम्म पुग्नसक्ने प्रक्षेपण गरेको छ ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर