लन्डन । बेलायतमा पछिल्ला केही हप्ता यता कोभिड १९का संक्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ ।
प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब २ हजार ४२० जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका बताइएको छ ।
बेलायतमा कोरोनाका संक्रमितहरु पछिल्ला केही दिनयता बढी मात्रामा देखिन थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्ला केही हप्तामा ठूलो संख्यामा नयाँ संक्रमितहरु थपिएका र आजसम्म यहाँका संक्रमितहरुको संख्या ३ लाख ५२ हजार ५२० जना पुगेको छ ।
यस संक्रमणबाट भएको मृत्युको संख्या ४१ हजार ५८४ जना पुगेको बताइएको छ । बेलायतका स्वास्थ्यमन्त्री म्याट हानककले मंगलबार देखिएको यो पछिल्लो संख्या निकै खतरनाक भएको बताउनुभएको छ ।
लन्डनमा कोभिड १९को अवस्था सामान्यजस्तो देखिएकोले बेलायतमा जनजीवनलाई पनि सामान्य बनाइएको थियो । गएका केही हप्तादेखि यहाँ सामान्य रुपमा मात्र संक्रमित देखिएका थिए ।बेलायतमा कोभिड १९ को महामारी फेरि बढ्न सक्ने खतरा देखिएको उहाँले बताउनुभयो । यहाँ सोमबार र आइतबार २ हजार ९०० भन्दा बढी संक्रमित थपिएका थिए ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश