काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरमा एक हजार ७३६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ३० हजार ६७७ पुगेको जानकारी दिनुभयो । नेपालमा जम्मा सङ्क्रमितमध्ये निको हुने ६५ प्रतिशत पुगेका छन् ।
काठमाडौँ उपत्यकामा ३२६ सहित देशभरमा ७९९ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमध्ये ६४१ पुरुष र ३३८ महिला छन् । देशभरमा सङ्क्रमितको सङ्ख्या ४७ हजार २३६ पुगेको छ । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा २९३, ललितपुरमा २० र भक्तपुरका १३ छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी नौ हजार २१८ नमूना परीक्षण भयो । हालसम्म सात लाख ७७ हजार ५६३ नमूना परीक्षण भइसकेको छ । देशभर क्वारेइन्टिनमा रहने चार हजार ७३९ छन् । देशभर १६ हजार २५९ सक्रिय सङ्क्रमितमध्ये नौ हजार ६६ संस्थागत र सात हजार १९० होम आइसोलेसनमा छन् । प्रदेशअनुसार, संस्थागत आइसोलेसनमा सक्रिय सङ्क्रमित प्रदेश १ मा एक हजार ७३१, प्रदेश २ मा ४८२, बाग्मतीमा चार हजार ८४०, गण्डकीमा ८३६, प्रदेश ५ मा एक हजार ९७, कर्णालीमा ३३६ र सुदूरपश्चिममा ७४७ छन् । होम आइसोलेनमा प्रदेश १ मा ७९०, प्रदेश २ मा तीन हजार, बाग्मतीमा दुई हजार ३३४, गण्डकीमा एक सय, प्रदेश ५ मा ८०७, कणार्लीमा ४० र सुदूरपश्चिममा ११९ छन् ।
देशभर १७१ सङ्क्रमित आइसियुमा छन् । प्रदेश १ मा छ, प्रदेश २ मा २४, बाग्मतीमा १११, गण्डकीमा पाँच र प्रदेश ५ मा २१, कणार्लीमा तीन र सुदूरपश्चिममा एक जना आइसियूमा छन् । बाग्मतीमा १८ र प्रदेश ५ मा दुई सङ्क्रमित भेण्टिलेटरमा छन् । पछिल्लो २४ घण्टामा देशरभका ४५ जिल्लामा नयाँ सङ्क्रमित भेटिएका छन् जसमा उदयपुर एक, झापा १६, पाँचथर छ, भोजपुर एक, मोरङ ३९, सुनसरी ६५ र सोलुखुम्बु एक रहेका छन् । धनुषा ४४, महोत्तरी तीन, सप्तरी १९, सर्लाही २० र सिराहा ४१, काठमाडौँमा २९३, ललितपुर २०, भक्तपुर १३, काभ्रेपलाञ्चोक २८, चितवन १९, दोलखा तीन, धादिङ चार, मकवानपुर ७३, सिन्धुपाल्चोक तीन र सिन्धुली एक सङ्क्रमित पुष्टि भएको छ ।
त्यस्तै कास्की ३०, गोरखा १८, नवलपरासी पूर्व १६, लमजुङ १५, तनहुँ छ, पर्वत एक, कपिलबस्तु दुई, गुल्मी आठ, प्युठान एक नवलपरासी दुई, पाल्पा पाँच, बर्दिया ४१, बाँके ४२ र रुपन्देहीमा ४१ सङक्रमित फेला परेका छन् । कालिकोट दुई, जाजरकोट एक, जुम्ला एक, दैलेख तीन, सुर्खेत १९, कञ्चनपुर सात, कैलाली तीन, बझाङ तीन र बाजुरामा एक सङ्क्रमित फेला परेका छन् । देशका ११ जिल्लामा सङ्क्रमित पाँच सय बढी छन् भने पाँच जिल्लामा शून्य रहेको छ । पाँच सय बढी रहेका जिल्लामा मोरङ, सुनसरी, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, चितवन, ललितपुर, काठमाडौँ र रुपन्देही छन् । सङक्रमित शून्य जिल्लामा मुस्ताङ, ताप्लेजुङ, डोल्पा, मुगु र हुम्ला छन् । काठमाडौँ, वीरगञ्ज, धनगढी, बुटवललगायतका शहरमा सङ्क्रमण बढीरहेको प्रवक्ता डा. गौतमले बताउनुभयो । दोस्रो चरणमा गरेको बन्दाबन्दी सकिनै लागेपनि सङ्क्रमण बढीरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “प्रकोपको अवस्था र स्थानको आँकलन गरेर थप प्रभावकारी काम गर्नै विषयमा सम्बन्धित निकायबाट समन्वय र सहजीकरण हुँदै जानेछ ।”
११ को मृत्यु
पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या तीन सय पुगेको छ । पछिल्लो विवरणअनुसार, मृत्यु हुनेमा चार महिला र सात पुरुष छन् । विश्वभरमा हालसम्म दुई करोड ७३ लाख छ हजार ४३८ जना सङ्क्रमित भएका छन् ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ