काठमाडौं। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ दलहरुलाई नयाँ संविधान निर्माणका लागि बहुमतीय प्रक्रिया रोकेर सहमतिमा आउन एक साताको समय दिएका छन्। एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको विपक्षी मोर्चाले राजधानीको खुलामञ्चमा आयोजना गरेको सभा सम्बोधनको क्रममा अध्यक्ष दाहालले त्यसकालागि संवैधानिक राजनीतिक संवाद तथा सहमतिमा फर्किन सकिने बताएका छन्। अध्यक्ष दाहालले प्रक्रिया जारी राखे कांग्रेस, एमालेले गम्भीर परिमाण भोग्ने चेतावनी दिए।
‘कथित बहुमतीय प्रक्रिया खारेज गर्नुहोस्, त्यसलाई रोक्नुहोस्, संवाद समितिबाटै समस्याको समाधान गर्ने नीतिमा फर्कनु होस्,’ दाहालले भने, ‘अनि मात्र वार्ता सजिलै हुनसक्छ, तर प्रक्रियाको यो कथित नौटंकीलाई सच्याउनु भएन भने परिणाम भोग्न तयार हुनुहोस्। हामी होलीसम्म पर्खिन्छौं।’
दाहालले शनिबारको प्रदर्शन शान्तिपूर्ण रुपमा सफल भएको दाबी गर्दै सत्तापक्षले नटेरे अबका आन्दोलन हिंसात्मक पनि हुनसक्ने संकेत गरे।
संविधानसभा माओवादी विद्रोहको परिणाम भएको दोहोर्याउँदै उनले भने, ‘संविधानसभा कांग्रेस–एमालेले त रोक्न खोजेका थिए, उनीहरुको विरोधका बाबजुद आएको हो। यो उनीहरुको पेवा होइन, हजारौं रगतसँग साटिएको हो। क्रान्तिलाई खेलाँची गरिए आगोसँग खेले बराबर हुनेछ, तपाईंहरु खरानी हुनुहुनेछ।’
सभालाई सम्बोधन गर्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले सत्तारूढ दलका आँखा दुई तिहाइको पट्टीले बाँधिएकाले समस्या देखिएको बताए।
‘कांग्रेस र एमाले दुई तिहाइको पट्टी बाँधेर अघि बढेका छन्, दुई तिहाइको बलमिच्याइले मुलुकमा संविधान लागु हुनसक्दैन,’ गच्छदारले भने, ‘दुई तिहाइको पट्टी खोल्नु होस, मुलुकलाई सहमतिको वातावरणमा हिँडाएर जनतालाई संविधान दिन तयार हुनुहोस्।’
मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रस्ताव निर्माण समितिको खारेजी र विगतका सहमति तथा सम्झौता लागू गर्ने प्रतिबद्धता कांग्रेस र एमालेबाट नआएसम्म वार्ता र संवाद गर्नुको औचित्य नहुने बताए। ‘हिजो हस्ताक्षर गरेको सहमति र सम्झौता कार्यान्वयन हुन्छ भन्ने प्रतिबद्धता आए वार्ता हुन्छ,’ यादवले भने, ‘नत्र बकम्फुसे वार्ताको औचित्य छैन, विद्रोही शक्तिले अर्को संविधान बनाउँछन्, विद्रोहको विकल्प छैन।’
विद्रोह र आन्दोलनमा जाने विषयमा खुट्टा नकमाउन उनले दाहाललाई समेत चेतावनी दिए।
एमाओवादी नेता बाबुराम भट्टराईले शनिबारको सभा ‘ट्रेलर’ मात्रै भएको भन्दै फिल्म देखाउन अझै बाँकी रहेको बताए। ‘जनताको रगतसँग साटेर ल्याइएको संविधानसभा माघ ११ गते अपहरित भएको छ,’ भट्टराईले भने, ‘सत्तारूढ दलले जारी बहुमतीय प्रक्रिया रोक्छु नभनेसम्म वार्तामा जादैनौं।’
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान