लण्डन । तमुधिं लण्डन इकाईले लमजुङ जिल्लाको मर्स्याङदी गाउँपालिकामा रहेको तरापु गाउँका पहिरो प्रभावित परिवारलाई राहत वितरण गरेको छ ।
जुलाई २२ गते तरापुगाउँमा गएको भिषण पहिरोको कारण २१ घर पुरिनुको साथै ठुलो जनधनको क्षति भएको कारण प्राकृतिक बिपत्तिमा परेका परिवारहरु प्रति दुःख व्यक्त गर्दै राहत प्रदान गरेको हो ।
समाजका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा जुम कन्फ्रेन्समार्फत सञ्चालन गरी उक्त रकम आफ्ना दान वीर सदस्यहरुबाट संकलन गरिएको ७१० पाउन्ड (नेपाली एक लाख पाँच हजार) हस्तान्तरण गरिएको हो।
लमजुङ समाज युके राहत संकलन समितिका सचिब परसुराम गुरुङ तथा समितिलाई तमुधि युकेका अध्यक्ष नन्दजंग गुरुङ , लण्डन इकाईका अध्यक्ष चन्द्रबहादुर गुरुङ, आमा समुह कि अध्यक्ष डिलमाया गुरुङ, आमा समुह कि उपाध्यक्ष देबकला गुरुङ, कोषाध्यक्ष ललितमान गुरुङ, महासचिव भरत गुरुङ र सल्लाहकार ईश्वर गुरुङले हस्तान्तरण गरेका हुन । उक्त घटनाको विवरण बैठकमा आमा समुह कि अध्यक्ष दिलमाया गुरुङले पेस गरेका थिए ।
यसरी तमुधिं लण्डन इकाईले विभिन्न संघ सस्थासंग सहकार्य गर्दै दुःख सुखमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । महासचिब भरत गुरुङकाअनुसार विपतका बेला समाजले राहत उपलब्ध गराउँदा केहि दिन भए पनि खानाको जोहो भएको भन्दै राहत पाउँनेहरुले खुःशी व्यक्त गरे ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा