
नेपाली कम्युनिटी नर्दन आयरल्याण्डका अध्यक्ष दायाँबाट बायाँ बलबहादुर थापा तथा उपाध्यक्ष शान्ति कडेल उपहार वितरण गर्दै
नर्दन आनरल्याण्ड । कोरोना भाइरसको महामारीका कारण तिज मान्न नपाएको यहाँस्थित महिलाहरुलाई तिजको उपहार दिएका छन । विदेशमा रहेका नेपालीहरुले समेत सिमित रुपमा मनाउदै आएका नेपाली महिलाहरुको सबैभन्दा महत्वपुर्ण चाड तिजमा उपहार दिएका हुन् ।
सधै तिजको अधिल्लो दिन भोजको आयोजना गरेर नर्दन आयरल्याण्ड भरिका नेपाली महिलाहरुलाई परम्पराअनुसारको दर खुवाउने अनि तिजको लयमा मनोरन्जन पुर्ण कार्यक्रम गर्दै आएको नेपाली कम्युनीटी नर्दन आयरल्याण्डले पनि यस पटक यो चलनलार्इ निरन्तरता दिन सकेन । तर बर्ष दिन भरि तिज कहिले आउँला भनेर दिन गनेर बसेका चेलीबेटीलाई कम्युनिटीले कसरी भुल्न सक्थ्यो र ? फरक तरिकाले माइती बनेर नेपाली कम्युनिटी नर्दन आयरल्याण्ड उपहारसहित सबै महिला दिदी बहिनीहरुको घर घरमा पुगेको छ ।
यहाँका महिलाहरु पनि तिजको शुभकामनासहित कम्युनिटीबाट कोसेली पाएपछि खुसी भएका छन् । कम्युनिटीले तिजको कोशेली स्वरुप केही मिठाई अनि सौन्दर्य सामग्री लिपिष्टीकलगायतको कोसेली सबै महिलाहरुलाई पठाएको थियो । नेपाली कम्युनिटी नर्दन आयरल्याण्डका सभापति बलबहादुर थापाकाअनुसार धेरै दिदी बहिनीहरुले तिजलाई बिशेष बनार्इ दिएको भनेर कम्युनिटीलाई धन्यवाद दिए ।
‘हामीले सधै जस्तो तिजको विशेष कार्यक्रम गर्न सकेनौ तैपनि दिदी बहिनीहरुलाई सम्झने सानो प्रयास मात्र गरेका हौ’ सभापति थापाले भने ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित