
नेपाली कम्युनिटी नर्दन आयरल्याण्डका अध्यक्ष दायाँबाट बायाँ बलबहादुर थापा तथा उपाध्यक्ष शान्ति कडेल उपहार वितरण गर्दै
नर्दन आनरल्याण्ड । कोरोना भाइरसको महामारीका कारण तिज मान्न नपाएको यहाँस्थित महिलाहरुलाई तिजको उपहार दिएका छन । विदेशमा रहेका नेपालीहरुले समेत सिमित रुपमा मनाउदै आएका नेपाली महिलाहरुको सबैभन्दा महत्वपुर्ण चाड तिजमा उपहार दिएका हुन् ।
सधै तिजको अधिल्लो दिन भोजको आयोजना गरेर नर्दन आयरल्याण्ड भरिका नेपाली महिलाहरुलाई परम्पराअनुसारको दर खुवाउने अनि तिजको लयमा मनोरन्जन पुर्ण कार्यक्रम गर्दै आएको नेपाली कम्युनीटी नर्दन आयरल्याण्डले पनि यस पटक यो चलनलार्इ निरन्तरता दिन सकेन । तर बर्ष दिन भरि तिज कहिले आउँला भनेर दिन गनेर बसेका चेलीबेटीलाई कम्युनिटीले कसरी भुल्न सक्थ्यो र ? फरक तरिकाले माइती बनेर नेपाली कम्युनिटी नर्दन आयरल्याण्ड उपहारसहित सबै महिला दिदी बहिनीहरुको घर घरमा पुगेको छ ।
यहाँका महिलाहरु पनि तिजको शुभकामनासहित कम्युनिटीबाट कोसेली पाएपछि खुसी भएका छन् । कम्युनिटीले तिजको कोशेली स्वरुप केही मिठाई अनि सौन्दर्य सामग्री लिपिष्टीकलगायतको कोसेली सबै महिलाहरुलाई पठाएको थियो । नेपाली कम्युनिटी नर्दन आयरल्याण्डका सभापति बलबहादुर थापाकाअनुसार धेरै दिदी बहिनीहरुले तिजलाई बिशेष बनार्इ दिएको भनेर कम्युनिटीलाई धन्यवाद दिए ।
‘हामीले सधै जस्तो तिजको विशेष कार्यक्रम गर्न सकेनौ तैपनि दिदी बहिनीहरुलाई सम्झने सानो प्रयास मात्र गरेका हौ’ सभापति थापाले भने ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश