काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षकको माग गरेको छ । क्यानले एक मुख्य प्रशिक्षक र सात प्रशिक्षकको दरखास्त आह्वान गर्दै सूचना प्रकाशित गरेको हो । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रुपमा काम गर्दै आएका उमेश पटुवालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । लामो समय मुख्य प्रशिक्षक नहुँदा प्रशिक्षणमा बाधा पुगेकाले उक्त पदका लागि दरखास्त आह्वान गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।
यसैगरी क्यानले सातवटै प्रदेशका लागि एक एक प्रशिक्षकसमेत माग गरेको छ । क्यानले प्रमुख व्यवस्थापक, प्रमुख वित्तीय व्यवस्थापक र व्यवस्थापकका लागिसमेत दरखास्त आह्वान गरेको छ । क्यानले देशभर क्रिकेट खेलको विकास र विस्तार गर्न पहिलो पटक पत्येक प्रदेशमा प्रशिक्षक राख्ने यसअघि निर्णय गरेको थियो । प्रशिक्षणको अभावमा उनीहरुले खेल्ने मौका पाउन सकिरहेका थिएनन् । अब सबै प्रदेश र जिल्लाामा क्रिकेट खेलाडी उत्पादनमा मुख्य रुपमा जोड दिइने क्यान अध्यक्ष चन्दले बताउनुभयो ।
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक