लण्डन । बेलायतको एक रेल सेवाले भिक्टोरिया क्रस विजेता स्वर्गीय तुलबहादुर पुनको सम्मानमा रेलसेवाको नामकरण गर्ने भएको छ ।
बेलायतको पश्चिमी क्षेत्रमा रेलवे सेवा सन्चालन गर्ने ग्रेट वेस्टर्न रेलवेले शहरहरु जोड्ने एक सेवालाई भिसी पुनको नाममा नामकरण गर्ने घोषणा गरेको छ ।
नामकरण समारोह यस वर्षको रिमम्बरेन्स डे (नोभेम्बर ११) मा हुने बताइएको छ । दोस्रो विश्वयुद्ध समाप्त भएको ७५ वर्ष पुगेको अवसरमा सो नामकरण गर्न लागिएको ग्रेट वेष्टर्न रेलवेले बताएको छ ।
ग्रेट वेष्टर्न रेलवेका बाह्य सन्चार प्रमुख डान पान्सले भने, ”यस वर्ष दोस्रो विश्वयुद्ध समाप्तिको ७५ वर्षगाँठ विशेषरुपमा मनाउँदैछौँ । हामीले यसअघि नै युद्धका जासुस ओडेट हालोजलाई सम्मान गरिसकेका छौँ र यसवर्ष हामी अरु विशेष नामकरणसहित मनाउनेछौँ । ” उनले भने, ”भिसी तुलबहादुर पुनलाई सम्मान गर्न पाउँदा हामीलाई हर्ष लागेको छ ।”
भिसी पुन दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस पाउँदा २१ वर्षका मात्र थिए । उनले दोस्रो विश्वयुद्धमा बहादुरी र साहस प्रदर्शन गरेवापत सो पदक दिइएको हो ।
गोरखा सैनिकहरुले हालसम्म १३ वटा भिक्टोरिया क्रस पाएका छन् ।
गोरखा वेलफेयर ट्रष्टका आडम बेन्थामले भने, ” गोरखा सैनिकहरुले पूर्वी क्षेत्रको लडाइँमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र बर्मामा मात्र सात वटा भिक्टोरिया क्रस पाएका थिए ।” तीमध्ये भिसी तुलबहादुर पुन पनि एक थिए । ”हाम्रो देशले गोरखाहरुको धेरै ऋण तिर्नुछ र भिसी तुलबहादुर पुनको बहादुरीलाई यसरी सम्मान गरिनु सच्चा सम्मान हो”, उनले भने ।
गोरखा वेलफेयर ट्रष्टका संरक्षक जोअना लुम्लेले भनिन्, ”म भिसी लछिमन गुरुङ र तुलबहादुर पुन जसले बर्मामा मेरा पिताजीसित लडे उनीहरुसितको भेट कहिल्यै बिर्सदिनँ । हाम्रो स्वतन्त्रताको रक्षाका लागि नियमित ड्यूटीभन्दा माथि उठेर लड्ने गोरखाहरुप्रति हाम्रो ठूलो ऋण छ ।”
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा