लन्डन । बेलायत सरकारको वैज्ञानिक समितिले जाडोयाममा कोभिड–१९ का कारण धेरै मानिसको ज्यान जान सक्ने चेतावनी दिएको छ । सेज वैज्ञानिक समूहको प्रतिवेदनमा ८५ हजार जनासम्मको कोभिड १९ का कारण ज्यान जान सक्ने उल्लेख गरिएको छ ।
बेलायतका संचार माध्यमको एक गोप्य प्रतिवेदनमा कोभिड १९ नियन्त्रण गर्न सरकारलाई विभिन्न सुझावसमेत दिइएको छ । यद्यपी, विद्यालयहरू भने खुलाइ राख्न सकिने प्रतिवेदनमा उल्लेख छ ।
बीबीसी न्युज नाइटले सो गोप्य दस्तावेज फेला पारेको हो । सो समूहले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) र स्थानीय निकायहरूलाई जाडोयामका केही महिना शवगृह व्यवस्थापन, दाहसंस्कार र अन्य सेवाबारे पूर्वतयारी गर्न सजिलो होस् भन्ने उद्देश्यले सरकारका लागि प्रतिवेदन बनाएको हो ।
दस्तावेजको मुख्य अनुमानमा विद्यालय खुला रहनेछन् र सरकारको ट्रेसिङ, आइसोलेसन र क्वारेन्टाइन परिधि कोभिड संक्रमण रोक्न घरपरिवार बाहिर ४० प्रतिशतमात्र प्रभावकारी हुने उल्लेख छ । प्रतिवेदनले जुलाई २०२० देखि मार्च २०२१ सम्मको सबैभन्दा बढी मृत्युलाई अड्कल गरेको छ ।
यसले इंग्ल्यान्ड र वेल्समा कोभिड १९ का कारण ८१ हजार जना र कोभिडबाहेक अन्य रोगले २७ हजार मर्न सक्ने जनाएको छ । स्कटल्यान्डमा २ हजार ६ सय र नर्दन आयरल्यान्डमा १ हजार ९ सय जनाको कोभिड–१९ का कारण मृत्यु हुन सक्ने पनि प्रतिवेदनमा उल्लेख छ ।
अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक कार्ल हेनेगनले उक्त दस्तावेजमा गरिएका अनुमान विश्वास गर्न नसकिने खालका रहेको र यसले पहिलो संक्रमण लहरबाट केही नसिकिएको देखाएको बीबीसीलाई प्रतिक्रिया दिएका छन् ।
यसअघि प्रधानमन्त्री बोरिस जोन्सनलाई बैज्ञानिहरुले यो वर्ष जाडोयाममा कोरोना भाइरसको दोस्रो लहर (वेभ) आउन सक्ने खतरासँग जुध्न एउटा सार्वजनिक छानबिन गराउन आह्वान गरेका थिए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा