काठमाडौँ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकामा १८६ सहित ८८४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । यस्तै गत २४ घण्टामा कोभिड–१९ बाट उपत्यकामा छ जनासहित १२ जनाको मृत्यु भएको छ ।
गत २४ घण्टामा थपिएका प्रदेश नं १ अन्तर्गत इलाममा एक, झापामा २०, धनकुटामा १९, मोरङमा ३१, सङ्खुवासभामा तीन र सुनसरीमा २४, प्रदेश नं २ अन्तर्गत धनुषामा ४९, पर्सामा ७३, बारामा २१, महोत्तरीमा २६, रौतहटमा पाँच, सप्तरीमा दुई, सर्लाहीमा ८३ र सिराहामा २२ जना छन् । त्यस्तै वाग्मती प्रदेशअन्तर्गत काठमाडाँैमा १५५, काभ्रेपलाञ्चोकमा १९, चितवनमा ५७, दोलखामा एक, धादिङमा नौ, भक्तपुरमा १२, ललितपुरमा १९, मकवानपुरमा नौ र सिन्धुपाल्चोकमा एक जनामा कोरोना सङ्क्रमण भएको छ ।
त्यसैगरी गण्डकी प्रदेशअन्तर्गत कास्कीमा तीन, नवलपरासीपूर्वमा २३ र लमजुङमा २९, प्रदेश नं ५ अन्तर्गत कपिलवस्तुमा दुई, गुल्मीमा एक, दाङमा १९, नवलपरासी पश्चिममा १०, बाँकेमा २० र रुपन्देहीमा १६ छन् । कर्णाली प्रदेशअन्तर्गत जाजरकोटमा एक, जुम्लामा एक, दैलेखमा एक, रुकुमपश्चिममा एक र सुर्खेतमा १० जना छन् । त्यसैगरी सुदुरपश्चिम प्रदेशमा कञ्चनपुरमा १७, कैलालीमा १९, दार्चुलामा तीन, बझाङमा २६ र बैतडीमा २१ जना गरी २४ घण्टामा ८८४ जनामा कोरोना देखिएको हो । तीमध्ये महिला २४२ र पुरुष ६४२ छन् ।
हालसम्म विश्वमा दुई करोड ४९ लाख २० हजार २४ कोभिड–१९ बाट सङ्क्रमित छन् । आठ लाख ४१ हजार ४८६ व्यक्तिको मृत्यु भएसकेको छ । एक करोड ७३ लाख तीन हजार ८१८ व्यक्ति यस रोगबाट निको भएका छन् । पछिल्लो २४ घण्टामा १० हजार ९७१ जनाको पिसीआर परीक्षण गरिएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । हालसम्म जम्मा छ लाख ६९ हजार ६२६ पिसीआर परीक्षण भएका छन् । क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या आठ हजार ३५ जना छ । गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या २० हजार ५५५ छ । सङ्क्रमितको शून्य सङ्ख्या भएका जिल्ला मुस्ताङ र हुम्ला गरी दुई जिल्ला छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते