
नेपाल प्रज्ञा –प्रतिष्ठानले नेपालका विभिन्न राजनीतिक तथा सांस्कृतिक परिवर्तनको आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने स्रष्टाका सम्मानमा ‘शहीद स्रष्टा परिचयकोश’ प्रकाशन गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठान, साहित्य (समालोचना र निबन्ध) विभागबाट उक्त कोश तयार हुन लागेको हो ।
विभागका प्रमुख प्रा डा गोपीन्द्र पौडेलका अनुसार तेजविलास अधिकारी र राजबहादुर कुँवरको सम्पादनमा कोश तयार भइरहेको छ । कोशमा ‘मकैको खेती’का स्रष्टा प्रथम साहित्यिक शहीद कृष्णलाल अधिकारीदेखि जनयुद्धकालका शहीद कृष्ण सेन ‘इच्छुक’लगायत शहीद स्रष्टालाई समेटिनेछ । कोश यसै आर्थिक वर्षभित्र प्रकाशन गर्ने योजना रहेको प्राज्ञ पौडेल बताए ।
नेपालमा १९९७ को विद्रोह, २००७ सालको प्रजातान्त्रिक क्रान्ति, २०४६ सालको जनान्दोलन, दशवर्षे सशस्त्र जनयुद्ध र २०६२/०६३ सालको लोकतान्त्रिक जनआन्दोलनमा स्रष्टाहरुको महत्वपूर्ण योगदान थियो ।
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो