
नेपाल प्रज्ञा –प्रतिष्ठानले नेपालका विभिन्न राजनीतिक तथा सांस्कृतिक परिवर्तनको आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने स्रष्टाका सम्मानमा ‘शहीद स्रष्टा परिचयकोश’ प्रकाशन गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठान, साहित्य (समालोचना र निबन्ध) विभागबाट उक्त कोश तयार हुन लागेको हो ।
विभागका प्रमुख प्रा डा गोपीन्द्र पौडेलका अनुसार तेजविलास अधिकारी र राजबहादुर कुँवरको सम्पादनमा कोश तयार भइरहेको छ । कोशमा ‘मकैको खेती’का स्रष्टा प्रथम साहित्यिक शहीद कृष्णलाल अधिकारीदेखि जनयुद्धकालका शहीद कृष्ण सेन ‘इच्छुक’लगायत शहीद स्रष्टालाई समेटिनेछ । कोश यसै आर्थिक वर्षभित्र प्रकाशन गर्ने योजना रहेको प्राज्ञ पौडेल बताए ।
नेपालमा १९९७ को विद्रोह, २००७ सालको प्रजातान्त्रिक क्रान्ति, २०४६ सालको जनान्दोलन, दशवर्षे सशस्त्र जनयुद्ध र २०६२/०६३ सालको लोकतान्त्रिक जनआन्दोलनमा स्रष्टाहरुको महत्वपूर्ण योगदान थियो ।
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय