लण्डन ।गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले आगामी २३ अगष्ट आइतवार वाल दिवस मनाउने तयारी गरेको छ। उक्त दिन बालबालिकाहरुबाट संकलित चित्रकला प्रतियोगिताको नतिजा सार्वजनिक गरि पुरस्कृत गर्ने कार्यक्रम संयोजक नारायण कंडेलले जनाएका हुन । उनका अनुसार बाल चित्रकला प्रतियोगिताका क्रममा संकलित बाल कलाकारहरुका चित्रहरुको पुस्तकाकार संगालो ‘कोपीला’ को विमोचन गरिने छ । (भदौ ४)१३ सेप्टेम्बरमा बालदिबस पर्ने भए पनि बाल दिवसको कार्यक्रम १३ सेप्टेम्बरमा आइतवार गर्ने निर्णय भएको छ ।
बेलायतमा जन्मिएका र यही हुर्केका नेपाली बालबालिकाहरुलाई गैर आवासीय नेपालीसँग जोडने अभियान लकडाउनका बेला घरमै बसेका बालबालिका हरुलाइ सहभागी गराई चित्रकला प्रतियोगिताको आयोजना गरिएको थियो । तीन दर्जन भन्दा बढी बालबालिकाले सहभागीता जनाएका थिए ।
चित्रकला प्रतियोगिताको संयोजन एनआरएन यूकेका उपाध्यक्ष कंडेलका अनुसार चित्रकला प्रतियोगिता अन्तर्गत बालबालिकाहरुले बनाएका चित्रहरु संकलन गरी चित्रकला पुस्तिकाको रुपमा प्रकासन समेत गरिएको छ । पुस्तकमा नेपालको सभ्यता, संस्कृति भेषभुषा र भुगोल झल्किने खालका चित्रहरु प्रकाशित छन् ।
बालबालिका हरुको यो विशेष दिन बालदिवसमा आयोजित यस कार्यक्रममा सहभागी भएर सामाजिक संजाल मार्फत बालबालिकाहरुलाई हौसला दिएर, प्रवासमा रहेको नेपाली बाल पुस्तालाई नेपाली संघको अभियानमा सहभागी गराउन सहयोग गर्नु हुन गैर आवासीय नेपाली संघ बेलायत समस्त सबैमा अनुरोध गरेको महासचिव फडिन्द्र भट्टराईले बताए।
यसअघि भौतिक रुपमा कार्यक्रम गरेर बाल दिवस मनाउने योजना भए पनि कोरोना संक्रमणको खतरालाई मध्यनजर गर्दै विद्युतीय माध्यमबाट मनाउन लागिएको जानकारी एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले दिइन ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश