लण्डन । तनहुँ समाज युकेले प्रथम गोरखा भिसी कुलवीर थापाको अल्डरसटमा बन्दै गरेको शालिकका लागि १ हजार १११ पाउण्ड सहयोग गरेको छ ।
समाजका अध्यक्ष लेख गुरुङले दिनुभएको जानकारीअनुसार सो सहयोग समाजका अध्यक्ष लेख गुरुङ, उपाध्यक्ष केशरबहादुर राना र कोषाध्यक्ष कृष्णबहादुर थापाले शनिबार शालिक निर्माणको अगुवाइ गरिरहेको ग्रेटर रसमुर नेपलिज कम्युनिटीका अध्यक्ष रामधन राईलाई हस्तान्तरण गरिएको छ ।
समाजले समाजका सदस्यहरुबाट सहयोग संकलन गरी सो रकम हस्तान्तरण गरेको हो ।
यसैगरी सो सालिकका लागि नेपाली गोरखा कम्युनिटी क्याट्रिकका अध्यक्ष बेनीकुमार गुरुङ र उनकी र श्रीमतीले १ हजार १११ पाउण्ड ११ पेन्स हस्तान्तरण गर्नुभएको छ ।
साथै, कोल्मा बहाकोट समाज युकेका तर्फबाट अध्यक्ष सुरेशकुमार गुरुङ, उपाध्यक्ष कृष्ण गुरुङ, कोषाध्यक्ष महेन्द्र गुरुङले १ हजार १ पाउण्ड हस्तान्तरण गर्नुभएको छ भने चितवन परिवार युकेका तर्फबाट अध्यक्ष निशा शर्मा, सचिव धन सार्की र कोषाध्यक्ष भक्त क्षेत्रीले १ हजार १ पाउण्ड हस्तान्तरण गर्नुभएको छ ।
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता