जेनेभा । विश्वमा दुई करोड १३ लाख ५७ हजार ८९० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ६३ हजार ३८७ लाख कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।
सङ्क्रमितमध्ये हालसम्म एक करोड ४१ लाख ५१ हजार ७६६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६४ लाख ४२ हजार ७३७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६४ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५४ लाख ७६ हजार २६६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ७१ हजार ५३५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ५१ लाख ५६ हजार ८२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७३ हजार २८३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६४ लाख ५४ हजार ७५९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख ४४ हजार ९०७ जनाको मृत्यु भएको छ ।
युरोपमा ३१ लाख २९ हजार ५४५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख २ हजार ५०१ को मृत्यु भएको छ । एसिया ५४ लाख ९० हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ लाख १७ हजार १३३ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ११ लाख १ हजार ३४२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २५ हजार १४३ जनाको मृत्यु भएको छ । ओसियानामा २५ हजार १३२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४०५ जनाको मृत्यु भएको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित