ब्रासिलिया । ब्राजिलमा कोरोना भाइरस (कोभिड(१९) बाट सङ्क्रमित हुने मानिसको संख्या ३२ लाख नाघेको समाचारमा जनाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको समाचारअनुसार बिहीबार रातिसम्म यहाँका ३२ लाख २४ हजार ८७६ जना नागरिक कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् ।
स्वास्थ्य अधिकारीहरुले अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ३२ लाख नाघेको र पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा ६० हजार ९१ नयाँ सङ्क्रमित फेला परेका छन् ।
त्यस्तै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १ लाख नाघेको जनाइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले यहाँ यो महामारीको प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख ५ हजारभन्दा बढी देखिएको छ ।
अधिकारीहरुले पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसबाट १ हजार २६२ जनाको मृत्यु भएको बताएका छन् । ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोले बार, रेस्टुरेन्ट, ब्युटीपार्लर, सैलुनहरु खोल्ने तयारी गरिरहेको बताइएको छ । यस अवस्थामा ब्राजिलमा कोरोना भाइरसका सक्रमितको संख्या झन् बढ्न थालेको हो ।
रियो डि जेनेरियोमा भने केही बजार, पसल,बार र रेष्टुरेन्ट खुलिसकेको बताइएको छ । ब्राजिल विश्वमा कोरोना भाइरसबाट धेरै प्रभावित हुने मुलुकहरुमा पर्दछ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते