थिम्पु । हिमाली मुलुक भुटानले कोरोनाभाइरस नियन्त्रण गर्न भन्दै राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ । विदेशबाट फर्किएका तर क्वारेन्टिन पूरा गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि लकडाउन गर्नु परेको सरकारले जनाएको छ ।
सरकारले आम नागरिकलाई घरमै बस्न आग्रह गर्दै आदेश जारी गरेको छ । भुटानमा हाल करिब ७ लाख ५० हजार जनसंख्या छ । सरकारी आदेशसँगै भुटानका सबै विद्यालय, कार्यालय र व्यावसायिक संरचनाहरु बन्द गरिएका छन् ।
सरकारले लकडाउन पाँच दिनदेखि २१ दिनसम्म जारी रहनेछ । यस अवधिमा सबै संक्रमितको पहिचान गर्ने तथा सबै संक्रमितलाई अलग्याउने जनाउँदै सरकारले यस कार्यबाट भाइरस प्रसारको साङ्लो तोडिने विश्वास लिएको छ ।
कुवेतबाट फर्किएकी एक २७ वर्षीया महिलालाई अनिवार्य क्वारेन्टिनमा राखेर घर पठाइएको थियो । तर उनमा सोमबार पुनः परीक्षण गर्दा कोरोना पुष्टी भएको थियो । उनी भुटानका विभिन्न स्थानमा घुमेको सरकारको आशंका छ ।
पर्यटन आश्रित मुलुक भुटानले एक अमेरिकी पर्यटकमा कोरोना पुष्टी भएर अस्पताल भर्ना भएलगत्तै गत मार्चमा विदेशी पर्यटकलाई भुटान प्रवेशमा रोक लगाइएको छ । भुटानका सबै ११३ जना संक्रमित व्यक्तिलाई क्वारेन्टिनमा राखिएको थियो ।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै