लण्डन । स्कटल्याण्डको आवर्डिनमा आज बिहान भएको रेल दुर्घटनामा तीन जनाको निधन भएको छ।
बीबीसीका अनुसार आज बिहान स्कट रेल रेलको आवर्डिन-ग्लास्गो सेवाको रेल पहिरोमा पर्दा सो दुर्घटना भएको हो ।
सो घटनापछि सो घटना भएको स्टोनहेभन क्षेत्रमा ३० भन्दा बढी आकस्मिक सेवाका सवारीसाधनहरु जम्मा भएका छन् ।
भीषण बर्षातपछि आएको बाढी पहिरोका कारण स्कटल्याण्डका विभिन्न क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ ।
सो दुर्घटनामा ६ जना मानिसहरुलाई अस्पताल लगिएको छ ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा रेलका चालक समेत रहेका छन् । ब्रिटिश ट्रान्सपोर्ट प्रहरीले उनको परिवारलाई अवगत गराइसकिएको र बाँकी दुई परिवारलाई पनि जानकारी गराउने क्रममा रहेको बताइएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश