ब्राजिलमा कोरोनाबाट एक लाखको मृत्यु

रियो दी जेनेरो ।  दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोनाभाइरस संक्रमितमध्ये एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार ब्राजिलमा ३० लाखभन्दा बढी मानिस कोरोना संक्रमित छन् ।

करिब २१ करोड २० लाख जनसंख्या रहेको ब्राजिल विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमध्ये दोस्रो हो । पहिलो सर्वाधिक असर परेको मुलुक संयुक्तराज्य अमेरिका हो ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ९०५ जनाको ज्यान गएको छ भने एकै दिन ४९ हजार ९७० जनामा संक्रमण देखिएको छ ।

कोरोनाभाइरस संक्रमणबाट विश्वमा सर्वाधिक धेरै व्यक्तिको मृत्यु भएका १५ मुलुकहरुमा अमेरिका, ब्राजिल, मेक्सिको, बेलायत, भारत, इटली, फ्रान्स, स्पेन, पेरु, इरान, रसिया, कोलम्बिया, दक्षिण अफ्रिका, चिली र बेल्जियम छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री