जेनेभा । विश्वमा एक करोड २५ लाख ५० हजार ६३१ जना कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ ।
कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी सात लाख २४ हजार १८६ जनाको मृत्यु भएको पनि सो संगठनले जनाइएको छ ।
सो संगठनकाअनुसार शनिबारसम्म विश्वभरीमा एक करोड ९५ लाख ४९ हजार ९०१ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् । ती मध्ये एक करोड २५ लाख ५० हजार ६३१ कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन् । विश्वभरमा हाल ६२ लाख ७५ हजार ८४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ ।
सङ्क्रमितमध्ये ६४ हजार ९९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५० लाख ९५ हजार ७४८ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६४ हजार १०४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ४६ लाख २५ हजार ४५४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ५६ हजार ८०३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५९ लाख ९६ हजार ४०२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख ३२ हजार १२४ जनाको मृत्यु भएको छ ।
युरोपमा ३० लाख १० हजार ५१० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ५ हजार ६४५ को मृत्यु भएको छ । एसिया ४८ लाख ६८ हजार ७४६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ६ हजार ७४२ जनाको मृत्यु भएको छ । अफ्रिकामा दश लाख २५ हजार ४६४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २२ हजार ५५३ जनाको मृत्यु भएको छ ।
ओसियानामा २२ हजार ५७२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३०४ जनाको मृत्यु भएको छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ