स्कटल्याण्ड । स्कटल्याण्डको आबर्डिन सहरमा पबमा गएका युवाहरुबाट कोरोनाको संक्रमण फैलिएपछि लकडाउन गरिएको छ।
आबर्डिनमा करिब पाँच सय भन्दा बढी नेपालीहरु रहेपनि स्थानीय नेपाली समुदाय अहिले कोरोना संक्रमणबाट सुरक्षित रहेका छन्। आबर्डिनमा क्रियाशील नेपाली संस्था अर्गनाइजेसन फोर नेप्लिज कल्चर एण्ड वेलफेयरका ट्रष्टी दिपेश रेग्मी अहिले आबर्डिनमा नेपाली समुदायमा नदेखिएको बताउनु भयो। यस अघिको लकडाउनमा केहि नेपालीहरुलाई कोरोना संक्रमण भए पनि अहिले सबैजना संक्रमणरहित रहनु भएको रेग्मीले बताउनु भयो।
स्थानीय पबहरुबाट फैलिएको संक्रमणको कारण १०१ जनालाई कोरोना देखिएको र कोरोना संक्रमितहरुसंग सम्पर्क आएका ३१३ जना को ट्रयाक भएको एनएचएस ग्रामपियन जनाएको छ। संक्रमित हुनेहरुमा अधिकांस युवाहरु रहेका छन्। यस्तै स्कटिस प्रिमियर खेल्ने क्लब आबर्डिन फुटबल क्लबका पब गएका ८ खेलाडीमध्ये २ जनामा कोरोना संक्रमण देखिएको छ भने अन्य ६ खेलाडीहरु आइसोलेशनमा रहेका छन्। ८ मुख्य खेलाडीहरुमा संक्रमणको प्रभाव देखिएको कारण आबर्डिन फुटबल क्लबले स्कटिस प्रिमियरसिपमा खेल्ने खेलहरु स्थगित भएको छ।
आबर्डिनका एनआरएनए स्कटल्याण्ड सदस्य बिदुर खत्री आबर्डिनका नेपाली समुदाय सचेत रहेकोले पहिले पनि कोरोनको संक्रमणकोअसर कम देखिएको र फेरी लकडाउन भएको कारण बढी सतर्कता अपनाउनु पर्ने बताउनु भयो।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित