![]()

लण्डन । ग्राजुएट इन्टरपेनर्स नेप्लीज सोसाईटी (जेन्स) यूकेले संस्थाको विकासका लागि व्यावसायिक तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउनु भएका ५ सामाजिक अभियन्ताहरुलाई सल्लाहकारमा मनोनयन गरेको छ । अध्यक्ष तिलक भट्टराईको अध्यक्षतामा आइतबार लण्डनमा बसेकोे अनलाईन बैठकलले व्यवसायी राजन कंडेल, अर्थविद् डा. मुकुन्द बास्तोला, व्यवसायी मोहन गुरुङ, एकाउनटेन्ट एलएन पाण्डे, एनआरएनए आईसिसि सदस्य ललितकुमार न्यौपानेलाई सामाजिक क्षेत्र गरेको योगदानको उच्च प्रसंसा गर्दै सल्लाहकारमा मनोनयन गरेको हो ।
त्यस्तै कार्यसमितिमा रिक्त सदस्य पदमा राजु न्यौपाने र श्रीमति रन्जिता मल्ललाई ल्याइएको छ । आइतबार जुम मार्फत बसेको कार्यसमितिको बैठकले कोभिड- १९ को विषम परिस्थितिमा सामुहिक लगानीलाई कसरी व्यवस्थित गर्ने बारेमा छलफल अघि बढाइएको अध्यक्ष भट्टराईले जानकारी दिए । उनकाअनुसार जेन्सले कोभिड-१९ संक्रमणमा खेलेको सामाजिक भूमिका तथा र भविष्यमा निभाउनु पर्ने सामाजिक कर्तव्यको बारेमा गहन छलफल गरेको थियो ।
जुम बैठकमा जेन्सका पदाधिकारीहरु श्याम खत्री, दिपक गैरे, राम थापा, सन्तोष कार्की, सूर्यविक्रम केसी, सुमन लामा, शालिकराम सापकोटा, लेखनाथ गैरे, लक्ष्मण पाण्डे, बिष्णु चेङवाङलगायतका सहभागिता थियो । उक्त बैठक महासचिव राजेन्द्र भण्डारीले सञ्चालन गरेका थिए । यसअघि जेन्स यूकेले कोभिड-१९ बाट प्रभावित नेपालीहरुलाई सहयोग गर्न एनआरएनए यूके र बेलायतका संघसंस्थाहरुलाई आर्थिक सहयोग उपलव्ध गराएको थियो ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा