नयाँदिल्ली । विख्यात कलाकार अमिताभ बच्चन कोरोनालाई जितेर आज घर फर्केका छन् ।
आइतबार एक ट्वीट गर्दै उनले घरमा क्वारेन्टीमा फर्किएको बताएका छन् ।
उनी कोरोना संक्रमणका कारण गत जुलाई ११मा नानाभाती अस्पताल भर्ना भएका थिए । उनले अस्पताल बसाईमा सहयोगका लागि धन्यवाद दिएका छन् ।
७७ वर्षीय बच्चनको परिवारमा छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी समेतलाई कोरोना संक्रमण भएको थियो । उपचारपछि बुहारी र नातिनी गत हप्ता नै घर फर्किसकेका छन् भने अभिषेक भने अझै अस्पतालमै रहेका छन् ।
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल स्कटल्यान्डसँग पराजित
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन