काठमाडौं। बाग्लुङ– १ मा आगामी चैत्र २८ गते हुने उपनिर्वाचनमा एनेकपा माओवादी, बागलुङले चार नेतालाई उमेद्वारको लागि सिफारिस गरेको छ। एमाओवादीले प्रचार विभागका प्रमुख कृष्ण के.सी.,जिल्ला सदस्य गीता शर्मा, तिलक उप्रेती र यज्ञबल्लभ शर्माको नाम सिफारिस गरेको हो।
के.सी. विद्यार्थी राजनीतिकबाट आएका हुन् । यसअघि धौलागिरी अञ्चल अस्पताल, बागलुङका अध्यक्ष समेत रहेका के.सी. त्रिवि किर्तीपुरमा राजनीतिशास्त्रमा विद्यावारिधी गर्दैछन्। गीता एमाओवादी पूर्व केन्द्रीय तथा बागलुङ नगरपालिकाका पूर्व मेयर ऋषिराम शर्माकी धर्मपत्नी हुन्। उप्रेती एमाओवादी निकटको भूपू सैनिक संघका पूर्व महासचिब समेत भएर काम गरेका हुन्। जिल्लाको सिफारिसको आधारमा केन्द्रीय समितिले निर्णय गर्ने जनाईएको छ।
सभासद हरिबहादुर खड्काको सडक दुर्घटनामा परी उपचारको क्रममा निधन भएपछि उपनिर्वाचन घोषणा गरेको हो।
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ