वासिङ्टन । अमेरिकी बायोटेक कम्पनी मोडर्नाले तयार पारेको कोविड–१९ को खोप बाँदरमा परीक्षण गर्दा निकै सकारात्मक नतिजा प्राप्त भएको अध्ययनले देखाएको छ ।
खोप लगाइएका बाँदरका नाक र फोक्सोमा कोरोनाभाइरसका विषाणु थप वृद्धि नभएको न्यू इङल्यान्ड मेडिसिन जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख छ ।
खोपका कारण नाकमा कोरोनाभाइरस बढ्न रोकिनुको अर्थ नाकहुँदै शरीरका भित्री भागमा कोरोनाभाइरस संक्रमित हुनेक्रम रोकिने अध्ययनको निचोड छ ।
अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको खोप बाँदरमा परीक्षण गर्दा यस्तो नतिजा प्राप्त भएको थिएन । तर खोपले पशुको फोक्सोमा कोरोनाभाइरस प्रवेश गर्नबाट भने रोक्न सफलता प्राप्त भएको थियो । कोरोनाभाइरस फोक्सोमा पुगे त्यसले मानव स्वास्थ्यमा गम्भीर क्षति पु¥याउन सक्छ ।
मोडर्नाले पशुमा गरेको यस परीक्षणमा दुई समूहमा बाँदरहरुलाई विभक्त गरी दुई भिन्न किसिमका खोपको डोज दिइएको थियो । पहिलो समूहका बाँदरलाई १० माइक्रोग्राम र दोस्रो समूहका बाँदरलाई १०० माइक्रोग्रामका डोज दिइएको जर्नलमा उल्लेख छ ।
खोप लगाइएका सबै बाँदरमा नयाँ कोरोनाभाइरसलाई निस्तेज बनाउने एन्टीबडी तयार भएको थियो ।
उल्लेखनीय कुरा के भने दुबै समूहका बाँदरमा मानवमा भन्दा बढी एन्टीबडी तयार भएको थियो । यही समूहका खोप लगाएका मानिसको पनि कोरोना संक्रमण निको भएको थियो ।
वैज्ञानिकहरु हाल विकासक्रममा रहेका खोपकै कारण रोग अरु बढ्न सक्ने भन्दै चिन्तित पनि देखिएका छन् । तर हालसम्मका परीक्षणमा त्यस्तो परिस्थिति निर्माण भएको छैन ।
मोडर्नाले तयार पारेको खोप र अक्सफोर्ड विश्वविद्यालय एवं अस्ट्रजेनिकाले संयुक्त रुपमा विकास गरेका खोपहरु अहिले मानव परीक्षणको अन्तिम चरणमा प्रवेश गरेका छन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते