लण्डन । विदेशी सरकारबाट पेन्सन पाइरहेकाहरुलाई सामाजिक सुरक्षा भत्ता नदिने नेपाल सरकारको निर्णय विरुद्ध गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले सर्वोच्चमा दायर गरेको मुद्दामा विपक्षीलाई १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश भएको छ ।
मुद्दामाथि भएको प्रारम्भिक सुनुवाईमा सर्वोच्च अदालतले आज सो आदेश दिएको गेसोले जनाएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सो आदेश दिएको हो ।
साथै साे मुद्दामा यही साउन १८ गते वादी र प्रतिवादी दुवै पक्षलाई अदालतमा झिकाइएको छ ।
गेसोका तर्फबाट वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष विजयकान्त मैनालीले सो मुद्दामा बहस गरेका थिए ।
गेसोले नेपाल सरकारको मन्त्रीस्तरको निर्णयबाट गरिएको सो व्यवस्थाबाट बेलायती, भारतीय गाेरखा सैनिक र उनीहरुको परिवार तथा सिंगापुर प्रहरीका परिवारको संवैधानिक हक हनन् भएको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो ।
आदेश जारी भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै गेसो सभापति कृष्णकुमार राईले गोरखा भूतपूर्व सैनिकहरु र उनीहरुका परिवारहरुलाई भेदभाव गर्ने सो निर्णय खारेज हुनेमा आफूहरु विश्वस्त रहेको बताए ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते