लिस्बन, (पोर्चुगल), । गत १९ जुलाईका दिन असामयिक निधन भएका पर्वतका स्व. रमेशकुमार रेग्मीको शुक्रबार पोर्चुगलमा श्रद्धाञ्जली सहित अन्तिम संस्कार सम्पन्न भएको छ । स्व. रेग्मी विगत ५ बर्षदेखि पोर्चुगलको अलेन्तेजु स्थित लुम्गेईरा अल्मोग्राभ बस्दै आएका थिए । पोर्चुगल हेर्ने पेरिसस्थित आवासीय नेपाली राजदूत दीपक अधिकारीले शुक्रबार एक समवेदना पत्र पठाइ स्व. रेग्मीप्रति अन्तिम श्रद्धाञ्जली दिदै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
स्व. रेग्मीको शव व्यबस्थापन र अन्तिम संस्कार प्रक्रियामा महत्त्वपूर्ण सहयोग पुर्याएकोमा एआरएनए पोर्चुगल अध्यक्ष तिलक गैरे र पर्वत समाज पोर्चुगल लगायत सम्बद्ध संघ संस्था र व्यक्तिहरुलाई दु:खको घडीमा खेलेको भूमिकाप्रति राजदूत अधिकारीले धन्यवाद समेत दिएका छन् ।
शुक्रबार आयोजित छोटो श्रद्धाञ्जली सभामा अन्तिम विदाइ गर्न र श्रद्धाञ्जली दिन लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमाल, एनआरएनए पोर्चुगल अध्यक्ष तिलक गैरे, महासचिव हेमराज सुवेदी लगायत उनका पारिवारिक नातेदारहरु, साथीहरू र पर्वत समाजका मानिसहरु उपस्थित थिए । ४३ बर्षिय स्व.रेग्मीका श्रीमती, एक छोरा (१२ बर्ष ) र एक छोरी (७ बर्ष) नेपालमा रहेका छन् । उनीहरू भिसा लागेर पोर्चुगल आउने तयारी भइरहेको बेला कोरोनाका कारण लकडाउनले नेपाल मै अड्किरहेका थिए ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित