लण्डन । इङल्याण्डमा आजदेखि सार्वजनिक स्थलहरुमा अनुहार ढाक्न अनिवार्य गरिएको छ ।
कोरोना भाइरस फैलन नदिन सरकारले पसलहरुमा, सार्वजनिक यातायातका साधनहरुमा तथा रेष्टुरेन्ट तथा वारहरुमा खाना वा पेय पदार्थ किन्दा मास्क लगाउन अनिवार्य गरेको हो ।
स्कटल्याण्डमा भने यसअघि नै पसलहरुमा र सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिइसकिएको छ । वेल्समा भने जुलाई २७ देखि सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिँदै छ भने त्यहाँ मास्क लगाउन अनिवार्य अझै गरिसएको छैन । नर्देन आयरल्याण्ड सार्वजनिक यातायातमा, अस्पतालमा र केयर होममा मास्क लगाउन अनिवार्य गरिएको छ ।
नयाँ नियमअनुसार इङ्ल्याण्डमा मास्क लगाउन वा कपडाले नाक र मुख ढाक्न, गलबन्दीले नाक र मुख ढाक्न सकिने बताइएको छ ।
नयाँ नियमअनुसार सुपरमार्केटहरुमा, पसलहरुमा, सार्वजनिक यातायातहरु बस, रेल, ट्याक्सीमा, विमानस्थल र रेलवे स्टेशनमा अनुहार ढाक्नु पर्ने छ । तर पव, रेष्टुरेन्ट, क्याफे, कपाल काट्ने स्थान, व्यूटी पार्लर, जीम, सिनेमा, थियटर र कन्सर्टहल आदिमा अनुहार ढाक्न अनिवार्य छैन । यी व्यवसायहरुमा आफ्ना कर्मचारीहरुलाई कोरोना भाइरसबाट सुरक्षित राख्न उपायहरु अपनाइने भएकाले अनुहार ढाक्न आवश्यक नभएको तर्क दिइएको छ ।
तर कानुनीरुपमा बाध्यकारी नबनाइएमा पनि ती स्थानमा जाँदा त्यहाँका कर्मचारीहरुले मास्क लगाउन वा अनुहार ढाक्न लगाउन भने सक्नेछन् ।
यसअघि नै इङल्याण्ड, स्कटल्याण्ड तथा नर्देन आयरल्याण्डमा सार्वजनिक यातायातमा अनुहार ढाक्न अनिवार्य गरिसकिएको छ । सरकारले ट्याक्सी चढ्दा मास्क लगाउन अनिवार्य गरेको छ । यदि तपाईले मास्क नलाउनु भएको खण्डमा तपाईलाई ट्याक्सी ड्राइभरले नलैजान सक्नेछ ।
यसअघि नै स्कटल्याण्डमा पसलहरुमा मास्क लगाउन अनिवार्य गरिसकिएको छ भने अस्पताल र केयर होमहरुमा पनि पहिले नै अनुहार ढाक्न अनिवार्य गरिएको छ ।
इङल्याण्डका कतिपय स्थानमा भने तपाईले लगाउनु भएको मास्क हटाउन पनि लगाइने छ । जस्तै बैँक, पोष्ट अफिस, ओैषधि पसल, परिचय खुलाउनका लागि पसलहरुमा जाँदा तपाईलाई मास्क खोल्न लगाइने छ ।
यस्तै इङल्याण्डमा ११ वर्षमुनीका बालबालिकाहरु र स्कटल्याण्डमा ५ वर्षमुनीका बालबालिकाले मास्क लगाउनु पर्दैन । यस्तै श्वास फेर्न गाह्रो हुने, अस्वस्थताका कारण मास्क लगाउन नसक्ने, मानसिक स्वास्थ्य समस्या भएका, अटिज्म भएका आदिलाई मास्क लगाउन अनिवार्य गरिएको छैन ।
मास्क नलगाएको पाइएमा १०० पाउण्ड जरिवाना तोकिएको छ । यसको अनुगमन प्रहरीले गर्ने छन् । यस्तै सार्वजनिक यातायातमा यसको अनुगमन ब्रिटिश ट्रान्सपोर्ट प्रहरीले गर्नेछन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]