लण्डन । अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको कोरोना विरुद्धको खोपलाई पहिलो चरणमा सफलता मिलेको छ ।
सो भ्याक्सिनको मानिसमा गरिएको पहिलो चरणको परीक्षणक नतीजाका बारेमा आज प्रकाशित जर्नल आर्टिकलमा सो खोप दिइएका स्वयंसेवकहरुमा प्रतिरोधात्मक क्षमता बढाउन सो खोप प्रभावकारी देखिएको बताइएको छ ।
सो खोपको परीक्षण बेलायतका ५ वटा अस्पतालमा गत अप्रिल र मे महिनामा गरिएको थियो । पहिलो चरणमा १८ देखि ५५ वर्ष उमेर समूहका १ हजार ७७ जनामा सो खोप लगाइएको थियो ।
ती स्वयंसेवकहरुमा सो खोपले एण्टीबडी र टी सेल विकास गरेको पाइएको छ । टी सेल कोरोनाभाइरसबाट बचाउन महत्वपूर्ण हुन्छ । परीक्षणमा टी सेल ५६ दिनसम्म रहेको पाइएको छ ।
पहिलो चरणको मानव परीक्षणको नतीजा आशलाग्दो भए पनि खोपको विकासका लागि पर्याप्त भने छैन । त्यसैले अझै व्यापक परीक्षणसहित खोपको तेस्रो चरणको परीक्षण अहिले चलिरहेको छ ।
ओैषधि निर्माता कम्पनी आष्ट्राजेन्काले उत्पादन गर्ने सम्झौता गरेको सो खोपको विकासमा बेलायत सरकारले लगानी गरेको छ भने १० करोड डोजका लागि सम्झौता गरिसकेको छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ