
लन्डन -बेलायतमा कार्यरत नेपाली एकाउण्टेन्टहरूको संस्था, नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युकेले बेलायत सरकारले यसै महिना सार्वजनिक गरेको ‘मिनी बजेट’ बारे बेलायतमा ब्यापार व्यवसाय गरिरहेका नेपाली ब्यवसायीहरूलाई एउटा जूम अन्तरक्रिया मार्फत जानकारी दिने भएका छन्।
ब्रिटिश अर्थ मंत्री ऋषि सुनकले सार्वजनिक गरेको मिनी बजेटका मुख्य बुंदाहरु र त्यसबाट कसरी लाभान्वित हुने भन्ने बारे छलफल केन्द्रित रहने एसोसियसनले जनाएको छ।
“हामीले गत जुन महिनामा कोरोना भाइरस (कोभीड-१९) को संक्रमण रोक्न गरिएको लकडाउनबाट नेपाली ब्यवसायीहरूलाई परेको असर र बेलायत सरकारले घोषणा गरेका राहत प्याकेजबारे नेपाली व्यवसायीहरुलाई जानकारी गराउन एउटा वेबिनार आयोजना गरेका थियौं। उक्त वेबिनारबारे हामीलाई प्राप्त सकारात्मक प्रतिक्रिया र व्यवसायीहरुको आग्रह बमोजिम फेरी अर्को कार्यक्रम आयोजना गर्न लागेका हौँ,” नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युकेका अध्यक्ष सरोज सापकोटाले बताए।
उक्त कार्यक्रममा ब्रिटिश सरकारले घोषणा गरेको मिनी बजेटबारे कुनै पनि प्रश्न वा जिज्ञासा भए वरिष्ठ एकाउण्टेन्ट्सहरुलाई सोध्न सकिने र कार्यक्रम नेपाली व्यवसायीहरुका लागि उपयोगी हुने आफुहरुले विश्वास लिएको नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन युकेका महासचिव शशिधर नेपालले बताए। कार्यक्रमको संयोजन वरिष्ठ एकाउण्टेन्ट एलएन पाण्डेले गर्नेछन्।
नेपाली एकाउण्टेन्ट्स एसोसियसन युकेले आउंदो आइतबार, २६ जुलाई दिउँसो ३ बजे देखि जूम अन्तरक्रिया कार्यक्रममा उपस्थित हुन बेलायतस्थित सबै नेपाली व्यवसायीहरुलाई आग्रह पनि गरेको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश