लण्डन । कोरोना महामारी शुरु भएयताकै सबैभन्दा धेरै संक्रमित पाइएका छन् ।
विश्व स्वास्थ्य संगठनले शनिवार जारी गरेकाे विज्ञप्ति अनुसार गत २४ घन्टामा विश्वभर २ लाख ६४ हजार कोरोनाभाइरसबाट संक्रमित भएका छन् । यो संख्या महामारी शुरु भएयताकै सबैभन्दा उच्च संक्रमण रहेको संगठनले जनाएको छ ।
खासगरी अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा धेरै मानिसहरु संक्रमित भएको पाइएको छ । सो अवधिमा भाइरसका कारण ७ हजार ३६० जनाको निधन भएको छ । याे गत मे १० यताको सबैभन्दा उच्च संख्या हो ।
गत २४ घन्टामा भारतमा मात्र करिब ३५ हजार संक्रमित पाइएका छन् भने अमेरिकामा ७१ हजार बढी छन् । यस्तै ब्राजिलमा ४५ हजार र दक्षिण अफ्रिकामा १३ हजार संक्रमित भेटिएका छन् ।
संगठनले शुक्रबार मात्र विश्वभर कोरोना भाइरसबाट २ लाख ३७ हजार मानिस संक्रमित पाइएको बताएको थियो ।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार शनिबारसम्ममा १ करोड ४० लाख मानिसहरु संक्रमित भएका छन् भने ६ लाखभन्दा बढीको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते