लन्डन । (रासस/एएफपी) । बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितको मृत्युको विषयमा सार्वजनिक भएका तथ्यांकहरुको पुनरावलोकन गर्न माग गरिएको छ ।
यहाँका जनस्वास्थ्य सम्बन्धी केही गैर सरकारी संस्थाहरुले गरेको अनुसन्धानका क्रममा बेलायतमा कोरोना भाइरसबाट भएको मृत्युको संख्या नमिल्ने देखिएको छ ।
बेलायतमा ४५ हजारभन्दा बढी व्यक्तिको कोरोना भाइरसबाट निधन भएको छ । त्यस्तै अरु पनि कैयौँ व्यक्तिले कोरोनाको परीक्षण नगरी पनि ज्यान गुमाएका छन् । यसरी अस्पताल नै नआई कोरोनाका कारण ज्यान गुमाउन पुगेका व्यक्तिहरुको बारेमा भने तथ्यांक नराखिएको पनि हुनसक्ने हालै प्रकाशित एक अनुसन्धानमूलक लेखमा सार्वजनिक भएको पाइएको छ ।
अक्फोर्ड विश्वविद्यालयमा यस विषयका विज्ञहरुले जम्मा पारेको तथ्यांक र सरकारले बेलायतमा कोरोनाका कारण भएको मृत्युको तथ्यांक नमिल्ने जनाइएको समाचारमा उल्लेख गरिएको छ ।
त्यस अनुसन्धानमूलक लेखमा भनिएको छ कि कुनै पनि व्यक्ति स्वास्थ्य परीक्षण गराएपछि कोरोना भाइरसको संक्रमित हुन्छ र अस्पातमा या घरैमा उपचारमा बस्छ तर पछि उ निको भएर घर फर्किएपछि अरु कुनै कारणले उसको निधन भयो भने त्यसलाई पनि कोरोनाको निधनका रुपमा राख्ने गरिएको छ ।
कतिपय मानिस कोरोना निको भएर घर गएपछि हृदयाघात भएर या अरु नै कुनै कारणले निधन भयो भने पनि उसलाई कोरोनाको मृत्युका रुपमा गणना गर्ने गरिएको छ । यहाँका सरकारी निकायहरुले सार्वजनिक गर्ने गरेका कोरोनासँग सम्बन्धितको मृत्युको संख्या नमिलेको सो लेखमा बताइएको छ ।
त्यसैले यहाँका कारोना भाइरसको मृत्युको तथ्यांक नै पुनरावलोकन गर्नुपर्ने अवस्था रहेको दुई जना विज्ञद्धारा लेखिएको सो लेखमा उल्लेख गरिएको सो समाचारमा जनाइएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते