रासस । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बाढीपहिरो पीडित राहत कोष स्थापना गर्ने भएको छ ।
नेपालका बाढीपहिरो जस्ता विपद्जन्य घटनाका पीडितको सहयोगार्थ कोष स्थापना गर्न लागिएको सङ्घका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
विश्वभर रहनुभएका नेपालीसँग कोषमा सहयोग गर्नका लागि आग्रह गर्नुहुँदै उहाँले यही साउन महिनासम्म राहत सङ्कलन गरिसकेर वितरण गरिने बताउनुभयो । कोषमा सहयोग रकम जम्मा गराउनका लागि बिभिन्न देशमा रहेका सङ्घका राष्ट्रिय समन्वय परिषद्लाई पनि आग्रह गरिएको उहाँले उल्लेख गर्नुभयो ।
कोषमा सहयोग गर्न चाहनेले राष्ट्रिय समन्वय परिषद्को बैंक खातामा वा सिधै आइसिसीको खातामा सहयोग रकम जम्मा गर्नसक्ने सङ्घले जनाएको छ ।नेपालका विभिन्न क्षेत्रमा आएको वर्षासँगै गएको बाढीपहिरो र डुबानका कारण मृत्यु, घाइते तथा केही हराइरहेका छन् । सयौँ परिवार विस्थापित भएका छन् ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ