लण्डन । अक्सफोर्ड विश्वविद्यालयले कोरोना भाइरसका विरुद्ध विकास गर्दै गरेको खोपमा ठूलो प्रगति हासिल गरेको अनुसन्धाताहरुले बताएका छन्
खोपको मानिसहरुमा गरिएको परीक्षणले आशालाग्दो नतिजा देखाएको र भारइसविरुद्ध दोहोरो सुरक्षा दिनसक्ने बताइएको छ ।
खोपको पहिलो चरणको परीक्षणमा सहभागी स्वयंसेवकहरुबाट लिइएको रगतको नमूनामा खोपले शरीरमा एण्टीबडिज र टी सेलहरु उत्पादन गर्नमा सहयोग गरेको पाइएको डेली टेलिग्राफमा प्रकाशित समाचारमा उल्लेख छ। टी सेलहरु शरीरमा प्रतिरोधात्मक क्षमता विकास गर्नमा महत्वपूर्ण हुने गर्छन् ।
स्रोतलाई उद्धृत गर्दै समाचारमा एण्टीबडिज र टी सेलहरुको संयोजनले मानिसहरुलाई सुरक्षित राख्ने आशा गरिएको छ ।
कोरोना भाइरस विरुद्ध परीक्षण गरिएका गरिँदै गरिएका सयभन्दा बढी खोपमध्ये अक्सफोर्ड विश्वविद्यालयको पनि एक हो ।
सो खोपको परीक्षणलाई अनुमति दिने वर्कसायर रिसर्च इथिक्स कमिटीका अध्यक्ष डेभिड कार्पेन्टरले अक्सफोर्ड विश्विवद्यालयको खोप बिल्कुल सही दिशामा अघि बढिरहेको बताए ।
उनले भने, ‘कसैले पनि खोप बजारमा आउने अन्तिम मिति दिन सक्दैन किनकि परीक्षणले सही नतीजा नदिन पनि सक्छ । तर धेरै ठूलो ओैषधि निर्माता कम्पनीसित सहकार्य गरिएकाले खोपको परीक्षण सही दिशामा गए सेप्टेम्बर महिनामा खोप बजारमा ल्याउन सकिने छ र सोही लक्ष्यका साथ कामहरु भइरहेको छ ।’
खोपको विकास बेलायत सरकार र ओैषधि उत्पादक कम्पनी आष्ट्रजेन्काको सहयोगमा भइरहेको छ ।
आष्ट्राजेन्काका प्रमुख कार्यकारी अधिकृतले गत महिना पहिलो चरणको परीक्षण सकिन लागेको र तेस्रो चरणको परीक्षण शुरु हुनै लागेको बताएका थिए । तेस्रो चरणमा खोपको प्रभावकारिता र सुरक्षा परीक्षण गरिन्छ ।
खोपले काम गर्ने यकिन भइनसके पनि ओैषधि निर्माता कम्पनी भने विश्वभर दुई अर्ब खोप उत्पादन गर्ने बताइसकेको छ ।
यदि यो खोपले काम गरेमा सबैभन्दा पहिला अतिजोखिममा रहेका वृद्धवृद्धाहरु र स्वास्थ्यकर्मीहरुलाई दिइने कार्पेन्टरले बताए । यस्तै प्राविधिकहरु,नर्स, जीपीहरु र ओैषधि बनाउने व्यक्तिहरुलाई पनि यो खोप शुरुवाती चरणमा दिइने छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने