लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना भाइरसलाई नियन्त्रणमा लिन सरकारले गरेका कार्यका बारेमा स्वतन्त्र छानविन गरिने वचन दिएका छन् ।
बेलायती संसदमा आज विपक्षी लिवरल डेमोक्र्याट पार्टीका कार्यवाहक नेता सर एड डाभेले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री जोन्सनले स्वत्नत्र छानविन समिति गठन गर्ने प्रतिवद्धता व्यकत गरेका हुन् ।
तर उनले तत्काल त्यस्तो समिति घोषणा गर्न भने कोभिड १९ को दोस्रो झोक्का आउने खतरा देखाउँदै अस्वीकार गरे ।
यसअघि प्रधानमन्त्री जोन्सनले त्यस्तो छानविन समिति बनाउने मागलाई हल्का रुपमा लिँदै आएका थिए । उनले बुधबारको संसदको प्रश्नोत्तरमा सरकारले कोरोना भाइरसका बारेमा लिएको कदमबाट भविष्यका लागि पाठ सिक्न चाहेको बताउँदै स्वतन्त्र छानविन समिति बनाउने घोषणा गरे ।
उनले अहिल्यै त्यस्तो समिति बनाउन अनुकूल नभएको पनि दाबी गरे ।
स्काइ न्युजका अनुसार प्रधानमन्त्रीका प्रवक्ताले अहिले यसबारेमा थप जानकारी नभएको र भविष्यमा थप बताउन सक्ने बताए ।
यसअघि बुधबार संसदमा प्रधानमन्त्रीसित प्रश्न राख्दै लिवरल डेमोक्र्याट नेता डाभेले वर्तमान प्रधानमन्त्रीकाे प्रधानमन्त्रीत्वकालमा कोभिड१९ बाट बेलायतीहरु विश्वमै सबैभन्दा धेरै प्रभावित भएको र युरोपमै स्वास्थ्य कार्यकर्ताहरुको सबैभन्दा धेरै मृत्यु भएकाे आरोप लगाएका थिए । उनले विगतमा छानविन समिति गठन गर्न गरिएको आफ्ना मागलाई प्रधानमन्त्रीले अति चाँडो भयो भनेर पन्छाउँदै आएकोमा वर्तमान प्रधानमन्त्रीले नै सन् २००३ मा इराक युद्ध शुरु भएको अर्को महिनामै त्यस्तो छानविन समितिको माग गरेको दृष्टान्त पेश गरे ।
उनले प्रश्न गरे, ‘यदि प्रधानमन्त्रीले तत्काल छानविनको माग अस्वीकार गर्छन् भने के उनी भविष्यमा यस्ता छानविन समिति बनाउने वचन दिन सक्छन ? ‘
प्रधानमन्त्रीले छानविन समिति बनाउने घोषणा गरे पनि कस्तो, कति शक्तिशाली समिति बनाइने हो भन्ने बारेमा विस्तृत जानकारी आउन बाँकी छ ।
विश्वभर फैलिएको कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा लिन सरकारले गरेका कदमहरुका बारेमा यस्तो छानविन समिति बनाउने उद्घोष यसअघि कुनै मुलुकले गरेको पाइएको छैन ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने