लण्डन । कोभिड – १९ को विश्व महामारीको प्रकोप संसारभर फैलिने क्रममा युके पनि अछुतो रहन सकेन । यसै क्रममा युकेको (मिडल्याण्ड) ननिटनमा बसोबास गर्दै आएका नेपाली मूलका हाम्रा केही साथीभाइहरुको कोभिड–१९ को प्रकोपबाट निधन हुन गयो । यस्तो दुखदायी कहालीलाग्दो परिस्थितिमा सबै मिलेर सहयोग गर्नुपर्दछ भन्ने भावनात्मक सम्बन्ध बन्यो । त्यसको फलस्वरुप ननिटनमा बसोबास गर्दै आएका नेपाली मूलका सबै संघ, संस्था र समुदाय एक ठाउँमा भएर छलफल गरियो । यस्तो परिस्थितिमा सबै मिलेर काम गर्नु एक आपसमा सरसहयोग गरागर गर्नुको विकल्प छैन भन्ने निर्णयमा पुगियो । त्यसको तत्कालै छलफलमा उपस्थित भएका ब्यक्तित्वहरुमध्ये ननिटनका समाजसेवी ओम गुरुङको संयोजकत्वमा एउटा समितिको निर्माण गरियो । उक्त समितिको नामाकरण नटिटनका नेपालीहरुका लागि राहत कोष राखियो । समितिको निर्माण गर्नमा दिलसिँ मेन्याङबोको ठूलो भूमिका रह्यो । साथै त्यो समितिभित्र विभिन्न संघ सस्था जस्तैः किरात याक्थुङ याक्थुङ चुम्लुङ वार्विकशर, मगर संघ युके मिडल्याण्ड, गुरुङ्ग समाज ननिटन र बिट्रिश गोरखा भेट्रान्स एसोसिएन ननिटनको संस्थागत प्रत्यक्ष रुपमा सहभागिता रह्यो । अन्य संघ सस्था र समुदायहरुबाट ब्यक्तिगत रुपमा सहभागिता रहेको थियो । समितिको रकमको सङ्कलन रेखदेखमा धर्म राईको जिम्मा रह्यो भने पत्राचार कार्यक्रम सन्चालन गर्ने अभिभारा भिम सारुले गर्नुभयो ।
यस नटिटनका नेपालीहरुका लागि राहत कोष समितिबाट सबै नेपालीहरु भाइचाराको नाताले कोभिड – १९ बाट पीडित परिवारलाई केही राहतस्वरुप सहयोग गरिदिनको निमित्त ननिटन शहरलगायत नजिकका शहरहरुमा साथीभाइ संघ सस्थाहरु माझमा अपील गरियो । एक आपसमा सहयोगको हातेमालो गरौँ भन्दै सहयोगको अपिल गर्ने शिलशिलामा ननिटन लगायत रग्बी, कोभेन्ट्री, बर्मिङहाम, नोटिङहाम, मेडिस्टन र स्वीण्डन शहरहरुबाट सहयोग प्राप्त भयो । सहयोग गर्ने दाताहरु २०१ जनाबाट ३ हजार ६७५ पाउण्ड उठाउन सफल भैयो । यसरी जम्मा भएको रकमको २ तिहाई रकम रकम २ हजार ४५० पाउण्ड तत्काल कोभिड – १९ बाट निधन भएका परिवार र नेपालबाट पढ्न आएका आपत परेका बिद्यार्थीहरुलाई सहयोग गर्ने र बाँकी रकम १ हजार २२५ पाउण्ड पछि हुनसक्ने कोभिड – १९ को परिवारको लागि राख्ने निर्णय भयो र सोही बमोजिम गरियो ।
कोभिड – १९ कतिसम्म रहला भनेर समितिभित्र घनिभूत छलफल भयो । कतिसम्म रहला भनेर यसको उत्तर कसैसँग भएन । साथै हामीसँग पछिसम्म सहयोग बाँडिरहने उपयुक्त रकम पनि भएन । त्यसो हुनाले जुन महिनाको ३० गते अन्तिम दिन राखियो । यदि त्यस समयसीमा भित्रमा कोभिड – १९ बाट कसैको निधन भएमा सहयोग गर्ने यदि केही नभएमा सो रकम जर्ज एलियट अस्पतालको एनएचएसलाई सहयोगस्वरुप दिने निर्णय भयो । सोही बमोजिम जुन ३० मा बैठक बसी नटिटनका नेपालीहरुका लागि राहत कोष समिति भङ्ग भएको घोषणा गरियो । तर संयोग कस्तो भयो भने जुलाइको ५ मा ननिटनमा नै एक जना नेपालीको हुन गएको हुनाले र पैसा एनएचएसलाई हस्तान्तरण गरिनसकेको हुनाले बैठक बसी सहमतिको आधारमा ४०० पाउण्ड निधन भएको परिवारलाई हस्तान्तरण गरियो ।
अन्तमा जुलाइको १४ को दिन नटिटनका नेपालीहरुका लागि राहत कोष समितिका सदस्यहरु भेला भएर ८२५ पाउण्ड जर्ज एलियट अस्पतालको एनएचएसलाई हस्तान्तरण गरिएको अवगत गराउन चाहान्छौं । साथै यस्तो जटिल परिस्थितिमा आउँदा दिनहरुमा पनि एक आपसमा सहयोगको आदानप्रदान रहिरहोस् भन्ने कामना गर्दै यस्तो दुखद अवसरमा सहयोग गर्नुहुने सबै सहयोगी मित्रहरुलाई धेरैधेरै धन्यवाद टक्र्याउँछौं ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’