लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले कोरोनाका कारण नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा नेपालमा रोकिएका वयोवृद्ध गोरखा भूतपूर्व सैनिक र उनीहरुका परिवारको समस्याका बारेमा परराष्ट्र मन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।
गेसो सभापति कृष्णकुमार राईले आज परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटी सो समस्याका बारेमा सम्बन्धीत निकायमा परामर्श गरिदिन माग गरेका हुन् ।
बेलायतको नियम अनुसार पेन्सनरहरुले २८ दिनभन्दा बढी बेलायतबाहिर बसे उनीहरुले पाउने सुविधाहरु रोक्का हुन्छ ।
कोरोना भाइरसका कारण नेपालमा गत मार्चदेखि अन्तर्राष्ट्रिय विमानस्थल बन्द छ र नियमित उडान अझै शुरु हुन सकेको छैन ।
यसबाट बिदा मनाउन नेपाल गएका वयोवृद्ध गोरखा भूतपूर्व सैनिक तथा उनका परिवारहरुमा मानसिक चिन्ता परेको उल्लेख गर्दै गेसोले उनीहरुको समस्या समाधान गर्न सहयोगका लागि नेपाल सरकारलाई गुहारेको हो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते