लन्डन । नेपाली साहित्य विकास परिषद् यूकेले बेलायतमा क्रियाशील ६ जना पत्रकारलाई साहित्य सम्मान पदक (एनएलडिसी सिल्भर जुब्ली मेडल) प्रदान गरेको छ ।
२० हजार द२५ रूपियाँ राशीको उक्त पदकबाट कान्तिपुर दैनिकका बेलायत संवाददाता नवीन पोखरेल, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गी मगर, नेपाली लिंक डटकम तथा अन्नपूर्ण दैनिकका बेलायत संवाददाता ध्रुवराज अर्याल, लन्डन नेपाल न्यूज डट कमका प्रधानसम्पादक शिव भण्डारी, नेपाली समाज यूके डटकमका सुशीलप्रताप सिंह र च्यानल लण्डनका एभरेष्ट गौतम सम्मानित भएका हुन् ।
विदेशमा रहेर नेपाली भाषा साहित्यको संवर्धन एवं संरक्षण गर्न सञ्चार क्षेत्रबाट उल्लेखनीय योगदान पुर्याएवापत परिषदको रजत वर्ष पदक तथा अभिनन्दन पत्र प्रदान गरिएको परिषदका अध्यक्ष कोमल मल्ल श्रेष्ठले जनाएका छन् ।
परिषदले आइतबार जुममार्फत रजत उत्सव कार्यक्रम गरेको थियो ।
रजत उत्सव समारोहका प्रमुख अतिथि परिषद्का संरक्षक बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले रजत उत्सव सम्मान पदक घोषणा गरेका थिए ।
परिषदले स्थापनाको २५ वसन्त (रजत वर्ष) को सुखद उपलक्ष्यमा परिषद् भित्र रहेर वा बाहिरबाट नेपाली भाषा साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने परिषद्का संरक्षकलगायत पदाधिकारीहरू, कूटनीतिज्ञ, अन्य संघसंस्थाका साहित्यकार र सञ्चारकर्मीहरू समेत गरी ९३ जना सर्जकलाई रजत उत्सव विशिष्ट सम्मान पदक तथा साहित्य सम्मान पदक प्रदान गरिएको जनाएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश